Gyaan Ghar

Advertisement

वामपन्थी लेखकहरू एकजुट हुँदै, घिमिरेको नेतृत्वमा १७ सदस्य निर्वाचित

विशाल बस्नेत/ न्युज कारखाना

महोत्तरी, २८ माघ । प्रगतिशील लेखक सङ्घ मधेस प्रदेशको अधिवेशनमा वामपन्थी लेखकहरूले बाम धुर्विकरणको सुरुवात गरेका छन् ।

वामपन्थी विचारकहरू छिन्नभिन्न भइरहेको अवस्थामा मदेसबाट एकीकृत भएका वामपन्थी लेखकहरूको यो अधिवेशनले कम्युनिष्टहरुलाई जोडन महत्त्वपूर्ण कोशेढुंगा साबित हुने विश्वास गरिएको छ ।

लेखक सङ्घ मधेस प्रदेशका अध्यक्ष वालमुकुन्द कार्कीको अध्यक्षतामा भएको खुल्ला सत्रमा सहभागी वक्ताहरूले परिवर्तनको लागी कम्युनिस्ट धुर्विकरणको विकल्प नभएको बताए ।

कम्युनिस्ट घटकहरूलाई एक ठाउँमा जोडने उद्देश्यले नै प्राज्ञिक प्रगतिशील लेखकहरू एक ठाउँमा जोडिएको बताउँदै केन्द्रीय उपसचिव डा. देवी दुलालले यसको सुरुवात देशव्यापी भइरहेको जानकारी  दिए ।

यस क्रममा उक्त अधिवेशनले विभिन्न पाटीमा सग्लन वामपन्थी विचारकहरूको प्रतिनिधित्व हुने गरी नारायण घिमिरेको नेतृत्वमा १७ सदस्य निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा धनुषाबाट किरण झा, रुद्र सेन विश्वकर्मा, सचिव भीम कुमार राउत, सहसचिव मिना देवकोटा, कोषाध्यक्ष फुलगेन मगही चयन भएका छन् ।

सदस्यहरूमा भैरव प्रसाद गेलाल, चन्द्रमणि पौडेल, मुरलीप्रसाद यादव, मुकुन्द पौडेल, विजय रिजाल, जीवसी उदासी लगायत सबै सदस्य तथा पदाधिकारी सर्वसम्मत नै चयन गरिएको प्रगतिशील लेखक सङ्घले जनाएको छ ।

मधेसका ८ वटै जिल्लाबाट दुई दुई जना रहने गरी समिति गठन भएको छ । नवनिर्वाचित अध्यक्ष घिमिरेले मधेसमा प्रगतिशील लेखक सङ्घको भूमिका सशक्त बन्ने र वाम घटकहरूलाई लेखनको ।माध्यमबाट एकै ठाउँमा जोडिन सन्देश प्रवाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ...
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घी...
साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

काठमाडौँ, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास ...
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍या...