health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, २७ माघ । कतारले लगातार दोस्रो पटक एसियन कपको उपाधि जितेको छ।
शनिवार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारको एसियन कपको उपाधि जितेको हो।
कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरेका थिए। उनले तिनै गोल पेनाल्टीबाट गरेका थिए । त्यसै गरी जोर्डनका लागि एक गोल यजन अल नैमतले गरेका थिए।
यस अघि २०१९ मा पहिलो पटक विजेता बनेको कतारले लगातार दोस्रो पटक उपाधि जितेको हो। कतार लगातार दोस्रो पटक एसियन कप जित्ने चौथो देश बनेको छ।
यस अघि साउदी अरेबियाले १९८४ र १९८८ मा, इरानले १९६८ र १९७२ मा तथा दक्षिण कोरियाले १९५६ र १९६० मा एसियन कप जितेको थियो।
योसँगै पहिलो पटक फाइनलमा पुगेको जोर्डन उपविजेता बनेको छ।