health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

इस्लामबाद, २५ माघ । पाकिस्तानमा आम निर्वाचन अघि भएको विस्फोटमा परी २८ जनाको मृत्यु भएको छ ।
बलुचिस्तानको पिसिन र किला सैफुल्लाहमा बुधवार भएको विस्फोटमा कम्तीमा २८ जनाको मृत्यु भएको तथा ४० जना भन्दा बढी घाइते भएका हुन ।
पाकिस्तानमा आमनिर्वाचन हुन लागेको एक दिन अगाडि यो घटना भएको हो । पाकिस्तानमा आज आम निर्वाचन हुदैँछ ।
पाकिस्तानले भर्खरै आतङ्कवादमा वृद्धि भएको देखेको छ, विशेष गरी खैबर पख्तुनख्वा र बलुचिस्तानमा सुरक्षा चिन्ताहरू बढाउँदै ६ लाख ५० हजार भन्दा बढी सुरक्षाकर्मी आजको निर्वाचनका लागि खटाइएको छ ।
पहिलो विस्फोट क्वेटाबाट एक घण्टाको दूरीमा रहेको पिसिनको खानोजई युनियन काउन्सिलमा हिजो दिउँसो केही बेरमा भएको डान न्युजले जनाएको छ ।
जिल्लाका उपायुक्त जुम्मादाद मन्डोखाइलले डन डट कमलाई भनेका छन् कि, ‘पिसिन– १ बाट निर्वाचनमा उम्मेदवार रहेका स्वतन्त्र उम्मेदवार अस्फन्द्यार कक्कडको निर्वाचन कार्यालय बाहिर उक्त घटना भएको हो ।’
उनका अनुसार १४ शव र २३ घाइतेलाई तहसिल सदरमुकाम अस्पताल लगिएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा हबिब काकरले चार जना घाइतेको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या १८ पुगेको बताए।
उक्त क्षेत्रमा पार्किङ गरी राखिएको मोटरसाइकलमा विस्फोटक पदार्थ राखिएको डिसी मण्डोखाइलले बताए । प्रहरी, बम डिस्पोजल टोली र अन्य कानुन प्रवर्तन एजेन्सीहरूले तुरुन्तै क्षेत्रलाई घेरा हालेर प्रमाण सङ्कलन गर्न थालेका थिए ।
दोस्रो विस्फोट केही समयपछि किला सैफुल्लाहमा भएको बताइएको छ । जमियत उलेमा ए इस्लाम फजलको निर्वाचन कार्यालय बाहिर भएको उक्त घटनामा १२ जनाको ज्यान गएको र २० जना घाइते भएको उपायुक्त यासिर बजाइले बताए।
बाजाईले पछि मृत्यु हुनेको सङ्ख्या १० मा परिमार्जन गरेका छन्, उनका अनुसार गम्भीर व्यक्तिहरूलाई हेलिकप्टर मार्फत क्वेटा सारिएको थियो।