health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, २५ माघ । नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ।
सूर्यदर्शन सहकारीसँग सम्बन्धित सर्भर उनको घरमा समेत रहेको आशङ्कामा प्रहरीले जोशीको घरमा छापा मारेको हो।
जोशी सूर्यदर्शन सहकारीका मुख्य सञ्चालक जीवी राईका व्यापारिक साझेदार हुन्। जोशीको घरमा नेचर हर्ब इन्टरनेशनल प्रालि (नेटवर्किङजस्तै व्यवसाय)को कार्यालय थियो।
‘जोशीको घरमा रहेको सर्भर उठाइएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले भने।
जिल्ला प्रहरी कार्यालय कास्कीले जोशीको घरसमेत रहेको नेचर हर्बको कार्यालयबाट सर्भरलगायत उठाइदिनका लागि परिसरसँग सहयोग मागेको थियो।
यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १८ जना व्यक्ति र कम्पनीविरुद्ध कास्की प्रहरीमा ठगी मुद्दाको जाहेरी परेको थियो।
जोशी प्रहरी सेवाबाट अवकाश भएपछि राईका पार्टनर बनेका थिए। गैर कानुनी नेटवर्किङ कारोबार गरेको आशङ्कामा नेचर हर्बमा वाणिज्य विभागले समेत यसअघि छापा मारेर कागजात खोजेको थियो।
पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम ठगी प्रकरणमा संस्थापक अध्यक्ष जीवी राई, अध्यक्ष थानबहादुर बुढा मगर र पूर्व अध्यक्ष भूपेन्द्र राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ।
सूर्यदर्शन सहकारीका सञ्चालक राईसहित १९ जनाविरुद्ध १ हजार ३५ जना बचतकर्ताहरूले ठगीमा जाहेरी दिएका थिए।
राईसहितका व्यक्तिसँग १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५.१७ रुपैयाँ बिगो माग गरी जिल्ला अदालतमा ठगी मुद्दा दायर भइसकेको थियो।
सरकारी वकिल कार्यालयले राईसहित १९ जना प्रतिवादीसँग बिगोसँगै ८ देखि १० वर्षसम्म जेल सजायको माग दाबी लिएको थियो। उक्त मुद्दामा कोषाध्यक्ष कुमार रम्तेल, एक उपाध्यक्ष र दुई सदस्यलाई प्रहरीले पक्राउ गरिसकेको छ।