Gyaan Ghar

Home

Advertisement

कप्तान रोहितले ४ विकेट लिँदै क्यानडाविरुद्ध नेपाललाई जिताए

काठमाडौँ, २५ माघ । नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको छ । टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो ।

नेपालले दिएको २२५ रनको लक्ष्य पछाएको क्यानडाले ४७.५ ओभरमा अल आउट हुँदै २१७ रन बनाएपछि नेपाल ७ रनले विजयी भएको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले ४ विकेट लिएका थिए । ललित राजवंशीले २ विकेट लिएका थिए भने सोमपाल कामी, कुशल मल्ल, पवन सराफ र रिजन ढकालले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाएका थिए भने आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सराफले १५, आफिस सेख र रोहित पौडेलले ८-८ तथा सूर्य तामाङले १० र रिजन ढकालले ४ रन बनाएका थिए । 

त्यसै गरी क्यानडाका बलर उदय भगवान् सिंहले ३ विकेट लिएका थिए भने साद बिन जफार र इश्वरजोत सोहिले २-२ तथा शहिद अहमदजाई र हर्ष थाकेरले एक एक विकेट लिएका थिए ।

यो जितसँगै नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब सिरिजको अर्को खेल आगामी शनिवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

संसद्मा प्रधानमन्त्रीलाई फटाहा भनेपछि…

संसद्मा प्रधानमन्त्रीलाई फटाहा भनेपछि…

काठमाडौँ, १० फागुन । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘फटाहा’ भनेपछि सत्तारुढ दलका सांसद...
अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

काठमाडौँ, १० फागुन । पृथ्वीमा अझै पनि केही प्रजातिहरू छन्, जुन वैज्ञानिकहरूको नजरबाट लुकेका छन्।  यसैबिच, अस्ट्रेल...
वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

काठमाडौँ, १० फागुन । नेपालले साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज दोस्रो खेल खेल...
भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

नयाँ दिल्ली, १० फागुन । पन्जाबका किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा)  को योजना दुई दिनका लागि स्थगित गरेका छन्,...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search