health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

लेख्न प कताबाट सुरुगर्ने होला मन डल्लो परेको छ । भाव नै फुर्दैन । अइल्याको सामाजिक सञ्जाल र सूचनाप्रविधिले सात समुन्द्रपारीको अमेरिकाकन गाउँ बनायो । नेपालमा आफन्त खेर गएपछि तौलाला मान्ठ अमेरिका भयाका उइताइ जेटमनि आउन्नार न्याँ दाहसंस्कारमा सामेल हुँदा । अस्ति एक प्राध्यापकको देहावसान भयोर सन्तान आउनाकन तीन दिन कुर्नु पड्यो । मेरा पनि हिजोसाँझ १० बजे राती कैलीली टीकापुरबाट एकाएक बहिनीको फोन आयो उसले सोझै खबर कहिल्यै गर्दिन के के भूमिका बाध्न लागेपछि के प अनिष्ट भयो भन्ने चाल त पाईहाँले । घर कहिले आउँने हो आउँने भन्ने थियो त आउनु पर्ने भयो भनेपछि केहि त अनिष्ट भयो भन्ने सोचि हाले । तै पनि उसैको मुखबाट सुन्नलाई कता के भयो भनेको साइला बाउजु (साइलाबुबा) खेर जानुभयो भन्ने खबर कानमा पर्यो ।
बेला बेला बिरामी भैरहने यसपाली दशैमा घर गएबेला टीकापुर अस्पतालमा लिएरर पाँच रात राखेर घर ल्यायौँ, यो असपतालका फ्ल्लोअप भन्ने पनि गर्दै गरेको हो कृतिम अक्सिजन दिने गरिएको थियो । फेरी म पुषको महिनामा जाँदा पहिलेको भन्दा अवस्था सुधार भएको थियो । यो जाडोमा त अब बिमार चाप्दैन होला भनेको म २१पुषमा कैलालीबाट काठमाण्डौ आएको एक महिना भयो । हिजो राति साइला बुवा यस धर्तिमा नरहेको भन्ने सन्देश सुनियो । सामाजिक सञ्जालले एकै पटक छ्याप छ्यापती भयो ।सबैभन्दा छिटो भारत बेंगलोर बस्ने भार्य सुरेनद्रले राखे, क्रमशः सामाजिक सञ्जालमा श्रदाञ्जलीको ओइरो आउँन लागयो । मलाईभरी संवेदना नभएको भनौ वा मुटुपत्थर भएको भनौँ पहिलाजस्तो सुन्दासाथ मन आत्तिएर धर्ति भासियो आकाश खस्यो भन्ने मनलाई अलि समहालन सक्ने भएको छु । अलि जिम्मेवार बढी भएर होकि या मैले बुझेको ज्ञान भनेको जति राम्रा मान्छे भएपनि गएका मान्छे फर्किदैनन् । गएको समय फर्किदैन, गउको धन फर्किदैन, गएको उमेर फर्किदैन भनेर बुझेकाले हो खै बुझ्न पनि मैले एक्लै बुझे कसैलाई न बुझउँन सके नत कसैले बुझ्न चाहे त्यसैले मलाई समबेदनाहिन भन्न पनि मिल्यो ।
आपूmसँग जेट पेलेन पनि छैन । आजै दाह संस्कारमा पुग्नलाई बिहानीको बस छैन । आजै पुग्ने अवस्थाले नदेखेपछि भोली पर्सि जाने मनले सल्लाह गरेर खेम भाई र मैले सल्लाह गरेउ । पर सिन्धुपाल्चोक पढाउँने भाई नरेन्द्रसँग कुरो भयो परदेशको ठाउँ चोखोनिम्तो गर नुहाइधुवाइ गर भनियो । ललितपुर बस्ने कान्छि आमालाई खबर गरियो डेराको बास सोही प्रकृया गर्नै सल्लाह भयो । ललितपुर बस्ने फुपु र भान्दाजु भाउजुलाई खबर गरियो सोहीसललाह दिइयो ।
कालिकोटमा जन्मिएर त्यहि कर्णालीको पानीमा कर्णालीको तटमा कर्णाली चिसापानीको पूर्वि तटमा बाजे कुश्माखर उपाध्याय, बाउजु नन्दलाल उपाध्याय, सनिगावँका जेठाबाउजु विष्णुशरण उपाध्याय, केटीचवर बाजे देइका धेरैजनालाई कर्णाली चिसापानीको पूर्विकिनारको नदिले पञ्चतत्वमा शरीरलाई मिलायो । यस्तै गरी बाजे देवाखर उपाध्यायलाई बुँगाढ खोला लिनपरो निकुञ्जले दाह संस्कार गर्न पनि ल्याउन दिन बन्देज गरेपछि बँुगाढ घाट लिने गरिएको छ ।
कर्णालीको पूर्वि तटमा बाउजु नन्दलाल उपाध्यायलाई ५२ वर्षको उमेरमा नै मानै यस धर्तिबाट बिदा गर्नु पर्यो । कर्णालीको उही पानीको पश्चिम तटमा भाई साइला बाउजु जयलाल उपाध्यायलाई ७० वर्षको उमेरमा आज कर्णाली नदिले बगायो । छतिवनका सिसौँले देह डडायो । त्यहि नदीको तटमा आजभन्दा आठवर्ष अगाडी आफ्नै २२ वर्षे लक्का जवान छोरालाई आगोदिंदा कुन मनले दिएहोलान्, आखिर जाने अगाडि पछाडि मत्रै हो उमेर हैन आज आफै त्यो तटमा जलेर नष्ट भएको खबर प्राप्तभयो ।
मैले यति कुरा लेख्नेबेलासम्म अर कसैलाई सम्पर्क गरी खबर बुझ्ने आँट गरेको छैन दिउस तीन बजे भतिज अबि गिरीले फोन सम्पर्क गर्नुभयो खबर के हो भनेर मैले भने हाम्रो हाटबजार उहि कर्णाली चिसापानी माथिल्ला मान्नमी जानेबाटो पनि त्यइ चिसापानी बाटी अइल्या बुँगाढ सरेको छ । एक आदिबासि बस्तिका नाताले परापूर्वकालदेखि चल्दै आएको १६ संस्कारमध्यको मृत्यु संस्कारमा कर्णाली नदीको पूर्वि तटमा अन्तिम संस्कार दाह संस्कारसम्म गर्न पाईदैन भनेर चितामा राखेर आगो दिएको शवलाई त उठाउ भन्ने निकुञ्जका कर्मचारीका आमा बाबु कहिल्यै नमर्ने होलान् र त त्यस्तो भने होलान् भतिज । कर्णाली त त्यहि हो अलि तल तर पश्चिम तटमा आज साइला बाउजुको शरीर पञ्चभौतिक तत्वमा मिलेर पाताभार घाटले चिता बगायो भतिज भनें । भतिज उपचारको शिलशीलामा छिमेकी मुलुक भारतको पिलभित जानुभएको रहेछ । लम्की पुग्दासाथ खबर गर्नु भयो ।
यस पछि हाम्रो गाईनेकाँडाको घाट बदलियो बाउजुको अन्तिम दाहसंस्कार पछि त्यहाँ नल्याउँन दिने उर्दि बर्दिया राष्ट्रिय निकुञ्जले गर्यो । त्यसपछि स्वर्गे भयाका मानौ हपल्ला मान्नमीमा गयाका साइला बाजे देवाखर उपाध्याय, राचकाँडा बज्यै, बाजे, बैजी बुवा, देई भौतिकन बुँगाडेले बगायो । म गाउँ नगयाको मस्त भयोछ । गावँका पाका मान्ठ मस्त खण बाइगया रयाछन् मोतिराम काका खण गयाको सुन्याकै छियान । कान्छा पुराना मुखिया बाजे खणा गयाको स्हुःन्याकै छिंयान । पुराना मुखिया बज्यै खण गयाको सुनेकै छियोन । डेउन्डाणा बाजे खणा गयाछन् गया मंसिर डेउन्डाणा फुजु खण गइछन् । यइ पाली गाउँ स्हःन्तार घुुम्या धारा पानी गयाँ पइला बाजेको कार्जे गर्याको गणो त्यइमनी बाउजुको कार्जे गर्याको हो । अइल्या त्यइमनी तीं जि.सी.फुजुको काम गर्याको रयोछ । धारा पानी गयापछि स्हःम्ज्याँ तल खोलाइथि बाउजुको टाटे दान गर्याको अथा स्हम्ज्याँ स्हःनिगाउँ जेठा बाउजुको नयाँपानी टाटेदान गर्याको । यिनुमाज कान्सा बाउजुकन ठूलो भल आयोर बुँगाढ पनि लिन स्हःकियोन तल घट्टका टेकैथीनी दाहसंस्कार गरेको स्हःम्झना आयो ।
आजको रैवार दिन्यामा काँ केताआ क्या गन्न्या हुन् भन्न्यामा भान्दाजु रुद्रलाल उपाध्यायले खबर दियापछि तीन बजे फोन गरेपछि दाहसंस्कार गरी अम्कायौँ नुवाईधुवाई गरी केइ खाउ भनेपछि दाजुले भन्याजन नुवाइधुवाई गरी एक फेरी बजार जाने काम छियो त्यो गरकिन कीर्तिपुर कोठामा आइपुग्या । अब क्या खान्याँ क्या नखान्याँ पनि स्हाःेदपुछि भयो । नुन, तेल माछा, मास,ु लसुन, प्याज, भिडा देइका जुठा माल नखाने चोखा माल खाने कुणा भान्दाजुले भन्या पछि अइल्याको खाना आलु उसिन्याको छौँ । यइ खाइकन ढुल्न्या योजना बनायाको छौँ ।
साइला बाउजु म कुलको जेठो छोरो नायक भएर पनि आज तपाइको दाहसंस्कारमा आउँन नपाएकोमा पश्चाता लागेको छ । माथि अर्को मान्नमी छ भने माथि गएका जतिले भेटघाट गर्नु माथीको मान्नमीमा बास राम्रो होउ बैकुण्ठ बास होस । हार्दिक श्रदाञ्जली साइलाबाउजु ।
आफन्त र भाइबैनीलाई मन धैर्य राख्न सल्लाह दिन्छु मन गलाउँनु हुँदैन आखिर हामी सबैको अकाट्य सत्य बाटो त्यहि हो । त्यसैले मनलाई धैर्य राख्नु खबर सुनेदेखि नसुतेको र टाउको दुःखेकोले बिहान बहिनी कमलाको फोन उठाउँन नपाएकोमा क्षमाप्रार्थी छु । दाजुबाटशान्त्वनाको लागि फोन गरेकी हुँदी हो । साइली आमालाई धैर्य बनाउनु । गएका जति सुखारी हुन् । हामी बाँचेकाले हो दुःख पाउँने जति दुःख भागमा आएको छ । त्यो बाडिचँुडी भाग लाउँला सुख भन्ने हाम्रा भागमा पर्दै परेनत जे भागमा परेको छ त्यहि भोगौला ।
म अहिले सम्झिरहेको छु बाउजु खण गयाबेला साइला बाउजुले भनेका शब्द आमालाई सम्झाउँनेबेला जाने त गए अब दुःख मकन भया भनेर त्यस्तै जाने बाजे बाउजुको लस्कर जान लाग्यो अब जति दुःख आइलागला ५० भाइबिनाको जेठो दाजुका नाताले, आमाको छोराका नाताल,े बाउजुका छोराका नाताले, कविलाको नायकका नाताले दुःखको नापा भौति भारी मेराइ कपालमनि आई लाग्याको छ । ज्याहरी स्हःकियोला बोक्ता स्हःम्मको बोझो बोकौँला । घरपरिवार इष्टमित्र सबैले धैर्य हुनुहोला । हामी भट्टराई परिवारमा परेको श्रृङ्खलाबद्ध बिपत्तिको सहन गर्ने र सहानुभूति प्रकटगर्ने शुभेच्छुक र आफन्तजन प्रति कृतज्ञता प्रकट गर्दछु ।

लेखक ः गोरखापत्र राष्ट्रिय दैनिकका खस जुम्ली भाषाका संयोजक हुन् ।