health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, २४ माघ । वैदेशिक रोजगारीका लागि छ्यापछ्याप्ती खुलेका म्यानपावरहरूबाट कसरी मानिसहरू ठगिन्छन् भन्ने दृष्टान्त सार्वजनिक भएको छ।
वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेपछि रहस्य बाहिर आएको हो।
पक्राउ पर्नेमा सर्लाही हरिबन नगरपालिका घर भई हाल ललितपुर महानगरपालिका-९ नख्खु बस्ने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला नगरपालिका-२ नक्टाजिच घर भई हाल ललितपुर-१८ बस्ने २७ वर्षीय रामसेवक सिंह छन्।
उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार ललितपुर-९ मिलन टोलबाट पक्राउ गरेको हो।
कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार उनीहरूले राजकुमार बजगाईँसहित ५५ जनालाई युरोपियन मुलुक पठाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गरेको पाइएको छ।
प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्ने र युरोप पुगेपछि मासिक १ लाख ५५ हजार रुपैयाँ तलब हुने भन्दै दुवै जनालाई पटक-पटक गरी पीडितहरूबाट उक्त परिमाणको रकम उठाएको केसीले बताए।
‘रकम उठाएर सम्पर्कविहीन भएपछि पीडितहरूले जाहेरी दिएका थिए,’ केसीले भने, ‘खोजी तथा अनुसन्धानको सिलसिलामा दुवै जनालाई उनीहरू बसेको स्थानबाट पक्राउ गरिएको हो।’
केसीका अनुसार रामेश्वर सिंहले आफूलाई सरोज यादव र नागेन्द्र यादव बताउने गरेका थिए। रामसेवकले आफूलाई सरोज यादव रहेको बताउँथे।
रामसेवक रामेश्वरका ज्वाइँ हुन्। उनीहरूले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर ओभरसिज नै खोलेको पाइएको छ।
रामेश्वर बजाज ओभरसिजमा २०७४ सालदेखि कर्मचारीको रूपमा एक वर्ष काम गरेका व्यक्ति हुन्। उनले त्यही साल फागुनमा भेरी ओभरसिज किनेर सञ्चालन गरेका थिए।
उक्त ओभरसिजमा सक्रिय रहँदा उनले दुई सय जनाबाट तीन करोड ठगी गरेको पाइएको छ। उक्त ठगीमा उनी एक वर्ष ६ महिना जेल बसेर छुटेको केसीले बताए।
भेरी ओभरसिजमा विदेश जान पेस गरेका धनुषाका सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नागरिकताको प्रमाण पत्रमा उनले आफ्ना ज्वाइँ रामसेवकको फोटो टाँसे। त्यसबाट उनले विराट कन्सल्टेन्सी बिर्तामोड, गढीमाई कन्सल्टेन्सी काठमाडौँ र कमलामाई कन्सल्टेन्सी दर्ता गरेका थिए।
ती ओभरसिजबाट उनले रोमानिया, जर्मनी, अफगानिस्तान, क्रोएसिया पठाउने भनी ४८ जनाबाट प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म उठाएका थिए।
सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नाममा कुमारी बैङ्क, एनआइसी एसिया बैङ्क र कामना विकास बैङ्कमा खाता खोलेको भेटिएको छ। ती तिनै बैङ्कमा कारोबार रामसेवक सिंहबाट गर्ने गरेको खुलेको छ।
यादव त्रयलाई भने आफ्नो नागरिकता दुरुपयोग भएर धेरै व्यक्ति ठगिएको जानकारी थिएन। उनीहरू सबै जना गाउँमा कृषि पेसा गरेर बस्थे।
यता, पीडितहरूले सरोज यादव, नागेन्द्र यादवका विरुद्धमा वैदेशिक रोजगार विभागमा जाहेरी दिए। यसपछि अनुसन्धान गर्दै जाँदा ठगी कार्यमा रामेश्वर सिंहले आफ्ना ज्वाइँ रामसेवक सिंहको फोटो टाँसेर ती व्यक्तिको नागरिकता दुरुपयोग गरेको खुलेको केसीले बताए।
रामेश्वरविरुद्ध २०७८ सालमा ठगी मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा उनी फरार थिए।
२०७९ सालमा सिन्धुली जिल्लामा लागु औषध मुद्दा चलेकोमा उनी २४ दिन कैद र दुई जरिवाना भई मुक्त भएका थिए।
पक्राउ परेकाको साथबाट विभिन्न व्यक्तिका नाममा काटिएको ६० लाख बराबरको २५ थान चेक र ९ वटा सिम कार्ड फेला परेको छ।
दुबैविरूद्ध ठगी, किर्ते जालसाजी, बैङ्किङ कसुरलगायतका मुद्दामा अनुसन्धान हुने केसीले बताए।