Gyaan Ghar

Advertisement

अस्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर शपथ, विदेश मन्त्रीले दिइन बधाई

पर्थ, २४ माघ । अस्ट्रेलियाको संसद्मा भारतीय मूलका ब्यारिस्टर वरुण घोषले नयाँ सिनेटर बनेका छन् ।

नयाँ सिनेटरमा चयन भएका घोषले भागवद् गीतामा हात राखेर पद तथा गोपनीयताका  शपथ लिएका छन् । 

गीतामा हात राखेर अस्ट्रेलियामा पद तथा गोपनीयताको शपथ लिने घोष यसो गर्ने पहिलो व्यक्तिसमेत हुन्। 

अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङले उनलाई सो कार्यका लागि बधाईसमेत दिएकी छन् । पेनी वोङले सामाजिक सञ्जालमा लेखेकी छन्,  ‘पश्चिमी अस्ट्रेलियाका हाम्रा नयाँ सिनेटर वरुण घोषलाई स्वागत छ। सिनेटर घोष भगवद गीताको शपथ लिने पहिलो अस्ट्रेलियाली सिनेटर हुन्। मैले बारम्बार भनेको छु कि जब तपाईँ केही गर्नको लागी पहिलो हुनुहुन्छ, तपाईँ निश्चित हुनुपर्दछ कि तपाईँ अन्तिम हुनु हुन्न।’

लेबर पार्टीले घोषलाई वेस्टर्न अस्ट्रेलिया (डब्लुए) बाट प्रतिनिधित्व गर्न चयन गरेको हो । हालै फ्रान्सिस बर्ट चेम्बर्सका ब्यारिस्टर, ३८ वर्षीय घोषलाई वर्तमान सिनेटर प्याट्रिक डडसनको ठाउँमा छानिएको थियो।

पश्चिमी अस्ट्रेलियाको विधान सभाले भनेको थियो, ‘विधान सभा र विधान परिषद्ले सिनेटर वरुण घोषलाई सङ्घीय संसद्को सिनेटमा पश्चिमी अस्ट्रेलियाको प्रतिनिधित्व गर्न निर्वाचित गरेको छ ।’

वरुण घोषले भर्खरै आफ्नो छनोटमा भनेका थिए, ‘म राम्रो शिक्षा पाउँदा भाग्यशाली थिएँ र म दृढतापूर्वक विश्वास गर्छु कि उच्च गुणस्तरको शिक्षा र प्रशिक्षण सबैका लागि उपलब्ध हुनुपर्छ।’ अस्ट्रेलियाका समाचार संस्थाहरूका अनुसार अनुसार घोष १७ वर्षको उमेरमा पर्थमा नै लेबर पार्टीमा प्रवेश गरेका थिए, जुन १८ वर्ष पछि उनी सिनेटरमा निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अ...
प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

काठमाडौँ । विभिन्न वामपन्थी सङ्गठनहरूको साझा सांस्कृतिक मोर्चा, प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत्र २३ र २४ गते काठम...
इजरायलमाथि इरानको मिसाइल आक्रमण

इजरायलमाथि इरानको मिसाइल आक्रमण

काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ । गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्याले...
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भा...