Gyaan Ghar

Advertisement

अर्काको नागरिकतामा ज्वाइँको फोटो टाँसेर म्यानपावर खोलेर लाखौँ ठगेपछि…

काठमाडौँ, २४ माघ । वैदेशिक रोजगारीका लागि छ्यापछ्याप्ती खुलेका म्यानपावरहरूबाट कसरी मानिसहरू ठगिन्छन् भन्ने दृष्टान्त सार्वजनिक भएको छ।

वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेपछि रहस्य बाहिर आएको हो।

पक्राउ पर्नेमा सर्लाही हरिबन नगरपालिका घर भई हाल ललितपुर महानगरपालिका-९ नख्खु बस्ने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला नगरपालिका-२ नक्टाजिच घर भई हाल ललितपुर-१८ बस्ने २७ वर्षीय रामसेवक सिंह छन्।

उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार ललितपुर-९ मिलन टोलबाट पक्राउ गरेको हो।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार उनीहरूले राजकुमार बजगाईँसहित ५५ जनालाई युरोपियन मुलुक पठाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गरेको पाइएको छ।

प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्ने र युरोप पुगेपछि मासिक १ लाख ५५ हजार रुपैयाँ तलब हुने भन्दै दुवै जनालाई पटक-पटक गरी पीडितहरूबाट उक्त परिमाणको रकम उठाएको केसीले बताए।

‘रकम उठाएर सम्पर्कविहीन भएपछि पीडितहरूले जाहेरी दिएका थिए,’ केसीले भने, ‘खोजी तथा अनुसन्धानको सिलसिलामा दुवै जनालाई उनीहरू बसेको स्थानबाट पक्राउ गरिएको हो।’

केसीका अनुसार रामेश्वर सिंहले आफूलाई सरोज यादव र नागेन्द्र यादव बताउने गरेका थिए। रामसेवकले आफूलाई सरोज यादव रहेको बताउँथे।

रामसेवक रामेश्वरका ज्वाइँ हुन्। उनीहरूले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर ओभरसिज नै खोलेको पाइएको छ।

रामेश्वर बजाज ओभरसिजमा २०७४ सालदेखि कर्मचारीको रूपमा एक वर्ष काम गरेका व्यक्ति हुन्। उनले त्यही साल फागुनमा भेरी ओभरसिज किनेर सञ्चालन गरेका थिए।

उक्त ओभरसिजमा सक्रिय रहँदा उनले दुई सय जनाबाट तीन करोड ठगी गरेको पाइएको छ। उक्त ठगीमा उनी एक वर्ष ६ महिना जेल बसेर छुटेको केसीले बताए।

भेरी ओभरसिजमा विदेश जान पेस गरेका धनुषाका सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नागरिकताको प्रमाण पत्रमा उनले आफ्ना ज्वाइँ रामसेवकको फोटो टाँसे। त्यसबाट उनले विराट कन्सल्टेन्सी बिर्तामोड, गढीमाई कन्सल्टेन्सी काठमाडौँ र कमलामाई कन्सल्टेन्सी दर्ता गरेका थिए।

ती ओभरसिजबाट उनले रोमानिया, जर्मनी, अफगानिस्तान, क्रोएसिया पठाउने भनी ४८ जनाबाट प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म उठाएका थिए।

सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नाममा कुमारी बैङ्क, एनआइसी एसिया बैङ्क र कामना विकास बैङ्कमा खाता खोलेको भेटिएको छ। ती तिनै बैङ्कमा कारोबार रामसेवक सिंहबाट गर्ने गरेको खुलेको छ।

यादव त्रयलाई भने आफ्नो नागरिकता दुरुपयोग भएर धेरै व्यक्ति ठगिएको जानकारी थिएन। उनीहरू सबै जना गाउँमा कृषि पेसा गरेर बस्थे।

यता, पीडितहरूले सरोज यादव, नागेन्द्र यादवका विरुद्धमा वैदेशिक रोजगार विभागमा जाहेरी दिए। यसपछि अनुसन्धान गर्दै जाँदा ठगी कार्यमा रामेश्वर सिंहले आफ्ना ज्वाइँ रामसेवक सिंहको फोटो टाँसेर ती व्यक्तिको नागरिकता दुरुपयोग गरेको खुलेको केसीले बताए।

रामेश्वरविरुद्ध २०७८ सालमा ठगी मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा उनी फरार थिए।

२०७९ सालमा सिन्धुली जिल्लामा लागु औषध मुद्दा चलेकोमा उनी २४ दिन कैद र दुई जरिवाना भई मुक्त भएका थिए।

पक्राउ परेकाको साथबाट विभिन्न व्यक्तिका नाममा काटिएको ६० लाख बराबरको २५ थान चेक र ९ वटा सिम कार्ड फेला परेको छ।

दुबैविरूद्ध ठगी, किर्ते जालसाजी, बैङ्किङ कसुरलगायतका मुद्दामा अनुसन्धान हुने केसीले बताए।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...