काठमाडौँ, २३ माघ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।
नेपालसहित नामिबिया र नेदरल्याण्ड सहितको क्रिकेट विश्वकप कप लिग-२ अन्तर्गतको यो सिरिज फेब्रुअरी १५ अर्थात् फागुन ३ देखि २४ अर्थात् फागुन १२ गते सम्म काठमाडौँमै हुँदै छ ।
सिरिजको पहिलो खेल नेपाल र नामिबिया बिच फागुन ३ गते हुने छ भने भने दोस्रो खेल नेदरल्याण्डस र नामिबियाबीच फागुन ५ गते हुने छ । त्यस्तै तेस्रो खेल नामिबिया र नेदरल्याण्डसबीच फागुन ७ गते हुने छ भने चौथो खेल नेपाल र नामिबियाबीच फागुन ९ गते हुने छ । त्यस्तै पाँचौँ खेल नेदरल्याण्डस र नामिबियाबीच फागुन ११ गते हुने छ भने छैटौँ खेल नेपाल र नेदरल्याण्डसबीच फागुन १३ गते हुने तालिका सार्वजनिक भएको छ ।
क्यानले लिग-२ को यो सिरिज खेल्ने टिमको यस अघि नै घोषणा गरिसकेको छ । जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ सेख, पवन सराफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल रहेका छन् ।
त्यस्तै लिग-२ को यस सिरिजका लागि प्रतिस जिसी, देव खनाल, अनिल शाह र विवेक यादव रिजर्भ खेलाडीको रूपमा रहेका छन् ।