Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6114
फासिवादी एवम् साम्राज्यवादी विरोधी मोर्चा युनाइटेड फ्रन्टको दोस्रो वेबिनार सम्पन्न - Gyaan Ghar

Gyaan Ghar

Advertisement

फासिवादी एवम् साम्राज्यवादी विरोधी मोर्चा युनाइटेड फ्रन्टको दोस्रो वेबिनार सम्पन्न

माघ २२, काठमाडौ ।  फासिवादी एवम् साम्राज्यवादी विरोधी मोर्चा युनाइटेड फ्रन्टको दोस्रो वेबिनार हिजो राती (फेब्रुअरी-४मा) सम्पन्न भएको छ । गत जनवरी १२ मा सम्पन्न भएको फ्रन्टको तेस्रो बैठकले उक्त वेबिनारको निर्णय गरेको थियो । 

 फ्रन्टका को-प्रेसिडेन्सी मोनिका गर्ट्नरले कार्यक्रमको संयोजन गर्नुभएको थियो । सुरुवाती धारणा राख्दै गार्टनरले युनाइटेड फ्रन्टको स्थापनाले विश्व समुदायका क्रान्तिकारीहरूमा नयाँ सञ्चारको महसुस भएको बताउनुभयो । उहाँले साम्राज्यवादीहरूले युक्रेन रसिया युद्ध र इजरायल प्यालेस्टाइन युद्ध थोपरेको भन्दै ती युद्धहरूको भण्डाफोर गर्नुभएको थियो । पाँच महादेशका ९९ जना सहभागी कार्यक्रममा युक्रेनका प्रतिनिधि मरियाले साम्राज्यवादी मुलुक रसियाको रक्त पिपासु पुटिन र युक्रेनको जेलेनेस्कीले युद्ध अपराध गरेको बताउनुभयो ।

 उहाँले युक्रेनको स्थिति निकै भयावह रहेको, महिला र बालबालिकाहरू किनै कठिन स्थितिमा रहेको, गरिबी र कुपोषण बढेको कुरा बताउनुभयो । उहाँले भन्नुभयो ” हामीले पश्चिमा साम्राज्यवादीहरूको आतङ्कका विरुद्ध सङ्घर्ष गरिरहेका छौँ । युनाइटेड फ्रन्टको भूमिकाले हामीलाई धेरै सहयोग गरिरहेको छ।”

 प्यालेस्टाइनका प्रतिनिधि मारियानले गाजा क्षेत्रको नरसंहारको स्थितिको बारेमा रिपोर्टिङ गर्नुभएको थियो । उहाँले भन्नुभयो “गाजा अत्यन्त त्रासमा बाँचिरहेको छ । हरेक व्याक्तिहरुलाई इजरायलले टार्गेट गरेको छ। स्कुल र हस्पिटलमा आक्रमणहरू भएका छन् । त्यस्तो कुनै ठाउँ छैन जहाँ इजरायलले आक्रमण नगरेको होस् । यहाँ खाना छैन, बत्ती छैन, पानी छैन । हामी स्वतन्त्र प्यालेस्टाइन चाहान्छौं, प्यालेस्टाइन हाम्रो हो । अमेरिका तँ को होस् ? हामीलाई हाम्रो आत्मसम्मान चाहिएको छ। अमेरिकाले हामीलाई मानव अधिकार सिकाउनुपर्दैन । साम्राज्यवादी र फासिवादीहरु विरुद्ध हामी सँगै उभिनुपर्ने भएको छ।”

 कार्यक्रममा रुस, इटाली, कङ्गो, सुडान, र जर्मनीमा किसानहरूको सङ्घर्षका बारेमा, इरानको जेलबाट पठाइएको पत्र, साथै दुबईमा वातावरण सम्बन्धी सिओपी२८ कार्यक्रम र कोलम्बियामा आयोजना भएको काउन्टर शिखर सम्मेलनका प्रतिनिधिमण्डलहरूबाट रिपोर्टहरू प्रस्तुत भएका थिए ।

 युनाइटेड फ्रन्टका युथ को-प्रेसिडेन्सि नेपालका प्रतिनिधि सुवास जि.सी.ले आइकोर वातावरण दिवस, लेनिनको स्मृति दिवस र आगामी मे ८ मा सम्पन्न हुने महिला दिवसको बारेमा रिपोर्टिङ गर्नुभएको थियो । उहाँले स्वतन्त्र प्यालेस्टाइनको समर्थन गर्दै, अमेरिकी साम्राज्यवाद र इजरायली फासिवादको विरुद्धमा साझा विश्वमन्चका रूपमा युनाइटेड फ्रन्टको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । युनाइटेड फ्रन्टको सचिवालयले वेबिनारमा गत नोभेम्बरमा सुवास जि.सी.ले मनाङको थोरङलापास (५,४१६ मि. उचाइ)मा युनाइटेड फ्रन्टको ब्यानर प्रदर्शन गरेको फोटो समेत प्रस्तुत गरेको थियो ।

 वेबिनार एकै पटक अङ्ग्रेजी, जर्मन, फ्रेन्च, रसियन, स्प्यानिस र अरेविक गरी ६ भाषामा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र क्रियाशील हुनुपर्ने

मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र क्रियाशील हुनुपर्ने

काठमाडौँ । ‘जीवन तथा जगत्प्रतिको स्पष्ट विश्व दृष्टिकोण नहुँदा मानव स्वतन्त्रता र समृद्धिको दिशामा अवरोध सिर्जना भइरहेको’ विभि...
विश्व दर्शनशास्त्र दिवसको अवसरमा  शुभकामना !

विश्व दर्शनशास्त्र दिवसको अवसरमा  शुभकामना !

* डा.गोविन्दशरण उपाध्याय (१) नेपाली समाज तथा व्यक्तिमा बढ्दो असन्तोषको कारण वर्तमान राजनीतिले स्थायित्व र अडान लिन नसक्नु न...
गृहमन्त्री भन्छन्- विकासमा राजनीति गरिनु हुँदैन

गृहमन्त्री भन्छन्- विकासमा राजनीति गरिनु हुँदैन

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन्। बुधवार कञ्चनपुरको कृष्णपुर नगरपाल...
विश्व दर्शन दिवसमा अन्तरक्रिया हुने 

विश्व दर्शन दिवसमा अन्तरक्रिया हुने 

काठमाडौँ । विश्व दर्शन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । ज्ञानशाला अनुसन्धान केन्द्र, नयाँबजार र त्रिचन्द्र कल...