Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
उपचारमा हुने विभेद विरुद्ध विश्व क्यान्सर दिवस मनाइने - Gyaan Ghar

Gyaan Ghar

Advertisement

उपचारमा हुने विभेद विरुद्ध विश्व क्यान्सर दिवस मनाइने

काठमाडौँ माघ १९ गते । क्यान्सरका बिरामीहरूको उपचारमा हुने विभेदका विरुद्ध  CLOSE THE CARE GAP भन्ने नारा सहित नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले विश्व क्यान्सर दिवस मनाउने भएको छ । फेब्रुअरी ४  अर्थात् माघ २१का दिन बबरमहलस्थित कार्की ब्याङ्केटमा बिहान १० बजेबाट हुने कार्यक्रममा  वरिष्ठ डाक्टर, सर्भाइभर्स तथा सरोकारवाला पक्षहरूको सहभागिता हुने संस्थाकी सचिव प्रमीला के.सी.ज्ञानघरलाई बताइन् । 

विश्व क्यान्सर दिवसको कार्यक्रमको बारेमा जानकारी गराउँदै संस्थाकी अध्यक्ष प्रमिता खनालले  हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण सङ्घ (uicc) को नेतृत्वमा सन् २००० देखि नै विश्वव्यापी चेतना बढाएर एउटा सकारात्मक आन्दोलनको दिशामा क्यान्सरसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएका व्यक्तिहरूले विश्व क्यान्सर दिवसलाई एउटा भव्य दिनको रूपमा मनाउँदै आएका छन् । सामाजिक, लैङ्गिक, जातीय, भौगोलिक तथा अपाङ्गता लगायतका कारणले क्यान्सरका बिरामीहरूको उपचारमा हुने विभेदका विरुद्ध  CLOSE THE CARE GAP  नारा सहित यस वर्षको क्यान्सर दिवस लक्षित रहेको छ । यो महान् अभियानमा तपाईँहरूको पनि सहयोग र समर्थन हुनेमा हामी विश्वस्त छौँ ।’

क्यान्सर दिवसको अवसरमा Bridging Hearts: Nepal’s Perspective on Closing the Cancer Care Gap विषयक अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना हुने बताउँदै संस्थाकी कोषाध्यक्ष बिनु के.सी.ले ज्ञानघरलाई भनिन्, ‘कार्यक्रमको प्रमुख अतिथिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सचिव डा. रोशन पोखरेल, विशेष अतिथिमा सार्क फेडरेशन अफ अन्कोलोजिष्टका अध्यक्ष डा. विवेक आचार्य, औषधि व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद ढकाल, सार्क फेडरेशन अफ अनकोलोजिष्टका संरक्षक डा. मदन कुमार पिया, वरिष्ठ क्यान्सर रेडिएसन विशेषज्ञ डा. गिसुपनिख पासिको, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.राजेन्द्र प्रसाद बराल, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदिप श्रेष्ठ, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.सरोज प्रसाद ओझा, वरिष्ठ क्यान्सर सर्जन विशेषज्ञ डा. प्रकाश राज न्यौपाने र नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीका उपाध्यक्ष तथा क्यान्सर सर्भाइभर पूजा कुँवर सहितको प्यानलिष्टहरु तथा  विभिन्न सरोकारवाला सङ्घ संस्था, हस्पिटल, डक्टर र क्यान्सर सर्भाइभरहरू समेतको सहभागिता हुने छ ।’

स्मरण रहोस्, क्यान्सर सर्भाइभर्सहरुको पक्षमा नियमित रूपमा हातेमाले गर्दै आइरहेको सर्भाइभर्स सोसाइटीले क्यान्सर सम्बन्धी जनचेतना, मनोपरामर्श, स्कुल तथा कलेजका बिद्यार्थीहरुका लागि सचेतना कार्यक्रम, स्क्रिनिङ क्याम्प, र्‍याली लगायतका विभिन्न गतिविधिहरू गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...