health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

नैरवी, १९ माघ । केन्यामा ग्याँस स्टेसनमा विस्फोट हुँदा १६५ जना भन्दा बढी घाइते भएका छन् ।
सरकारका प्रवक्ता इसाक मवाउराले बिहीबार राति करिब ११ बजे नैरोबीको एम्बकासीस्थित जोमो केन्या अन्तर्राष्ट्रिय विमानस्थल (जेकेआईए) नजिकै विस्फोट र आगलागी भएको पुष्टि गरेका छन्।
मवाउराले शुक्रवार बिहान आफ्नो सामाजिक सञ्जाल पृष्ठहरूमा साझा गरेको एक विज्ञप्तिमा, एयरपोर्ट नर्थ रोडको कबानसोरा नजिकैको ग्यास स्टेसनमा आगलागी भएको बताए।
तर, आगलागीको कारण भने खुल्न नसकेको उनले बताए । समाचार अनुसार सो विस्फोटमा परी १६५ जना भन्दा बढी बढी व्यक्ति घाइते भएका छन्।
‘कम्पनीले ग्याँस सिलिन्डर रिफिल गरिरहेको बेला एक्कासि आगलागी भएको र त्यसपछि धेरै व्यक्तिहरू घाइते भएका र अस्पताल लगिएको छ,’ मवाराले भने । तर, अहिलेसम्म कुनै हताहतको पुष्टि भई नसकेको केन्याका मिडियाहरूले जनाएका छन् ।
‘कम्पनीको होस्टेलको भवन नराम्ररी क्षतिग्रस्त भएको छ । यस क्षेत्रमा फायर इन्जिनहरू तैनाथ गरिएको लगायत उद्धार कार्यहरू भइरहेकाले जनतालाई यस क्षेत्रबाट टाढा रहन सल्लाह दिइन्छ,’ प्रवक्ताले भनेका छन् ।
नैरोबीका प्रहरी प्रमुख एडमसन बुन्गेईले पनि ग्यास भर्ने ठाउँमा विस्फोट भएको पुष्टि गरेका छन् ।
घटनास्थलमा पुगेका आकस्मिक सेवा प्रदायकहरूले घाइतेहरूलाई तत्काल केन्याटा नेसनल अस्पताल, मामा लुसी अस्पताल र कोमारोक मेडिकल सेन्टरमा उपचारका लागि पुर्याएका छन् ।
पीडितलाई उद्धार गर्न घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीका तस्बिरले उनीहरूको शरीर जलेको देखाएको छ ।