wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6114काठमाडौँ माघ १९ गते । क्यान्सरका बिरामीहरूको उपचारमा हुने विभेदका विरुद्ध CLOSE THE CARE GAP भन्ने नारा सहित नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले विश्व क्यान्सर दिवस मनाउने भएको छ । फेब्रुअरी ४ अर्थात् माघ २१का दिन बबरमहलस्थित कार्की ब्याङ्केटमा बिहान १० बजेबाट हुने कार्यक्रममा वरिष्ठ डाक्टर, सर्भाइभर्स तथा सरोकारवाला पक्षहरूको सहभागिता हुने संस्थाकी सचिव प्रमीला के.सी.ज्ञानघरलाई बताइन् ।
विश्व क्यान्सर दिवसको कार्यक्रमको बारेमा जानकारी गराउँदै संस्थाकी अध्यक्ष प्रमिता खनालले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण सङ्घ (uicc) को नेतृत्वमा सन् २००० देखि नै विश्वव्यापी चेतना बढाएर एउटा सकारात्मक आन्दोलनको दिशामा क्यान्सरसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएका व्यक्तिहरूले विश्व क्यान्सर दिवसलाई एउटा भव्य दिनको रूपमा मनाउँदै आएका छन् । सामाजिक, लैङ्गिक, जातीय, भौगोलिक तथा अपाङ्गता लगायतका कारणले क्यान्सरका बिरामीहरूको उपचारमा हुने विभेदका विरुद्ध CLOSE THE CARE GAP नारा सहित यस वर्षको क्यान्सर दिवस लक्षित रहेको छ । यो महान् अभियानमा तपाईँहरूको पनि सहयोग र समर्थन हुनेमा हामी विश्वस्त छौँ ।’
क्यान्सर दिवसको अवसरमा Bridging Hearts: Nepal’s Perspective on Closing the Cancer Care Gap विषयक अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना हुने बताउँदै संस्थाकी कोषाध्यक्ष बिनु के.सी.ले ज्ञानघरलाई भनिन्, ‘कार्यक्रमको प्रमुख अतिथिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सचिव डा. रोशन पोखरेल, विशेष अतिथिमा सार्क फेडरेशन अफ अन्कोलोजिष्टका अध्यक्ष डा. विवेक आचार्य, औषधि व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद ढकाल, सार्क फेडरेशन अफ अनकोलोजिष्टका संरक्षक डा. मदन कुमार पिया, वरिष्ठ क्यान्सर रेडिएसन विशेषज्ञ डा. गिसुपनिख पासिको, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.राजेन्द्र प्रसाद बराल, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदिप श्रेष्ठ, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.सरोज प्रसाद ओझा, वरिष्ठ क्यान्सर सर्जन विशेषज्ञ डा. प्रकाश राज न्यौपाने र नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीका उपाध्यक्ष तथा क्यान्सर सर्भाइभर पूजा कुँवर सहितको प्यानलिष्टहरु तथा विभिन्न सरोकारवाला सङ्घ संस्था, हस्पिटल, डक्टर र क्यान्सर सर्भाइभरहरू समेतको सहभागिता हुने छ ।’
स्मरण रहोस्, क्यान्सर सर्भाइभर्सहरुको पक्षमा नियमित रूपमा हातेमाले गर्दै आइरहेको सर्भाइभर्स सोसाइटीले क्यान्सर सम्बन्धी जनचेतना, मनोपरामर्श, स्कुल तथा कलेजका बिद्यार्थीहरुका लागि सचेतना कार्यक्रम, स्क्रिनिङ क्याम्प, र्याली लगायतका विभिन्न गतिविधिहरू गर्दै आएको छ ।