health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, १६ माघ । राष्ट्र बैङ्कले निक्षेप सङ्कलन उपकरणमार्फत थप २० अर्ब रुपैयाँ बजारबाट तान्दै छ।केन्द्रीय बैङ्कले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो।
राष्ट्र बैङ्कले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गर्ने भएको हो। राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूको अधिक तरलता खिच्न निक्षेप सङ्कलन मार्फत उक्त रकम तान्न लागेको हो।केन्द्रीय बैङ्कका अनुसार मङ्गलवार उक्त निक्षेप सङ्कलन उपकरणको बोलकबोल हुनेछ। इच्छुक बैङ्क तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।
साँवा र ब्याज भुक्तानी मिति फागुन १ गते निर्धारण भएको छ। यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ। बैङ्क तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्।