Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अवरुद्ध - Gyaan Ghar

Gyaan Ghar

Advertisement

किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अवरुद्ध

पेरिस, १६ माघ । फ्रान्सेली किसानहरूले मुख्य सहरका राजमार्गहरू अवरुद्ध गरेका छन् । 

मुद्रास्फीति र सस्तो आयातबाट प्रतिस्पर्धाको चिन्तालाई लिएर सरकारसँग असन्तुष्ट किसानहरूले मुख्य राजमार्गमा ट्र्याक्टर राखेर अवरुद्ध गरे पछि दैनिक जनजीवन कष्टकर बनेको छ । जुन आन्दोलनका कारण फ्रान्सको राजधानी पेरिस वरपरका प्रमुख राजमार्गहरू अवरुद्ध भइरहेको छन ।

केही दिन देखी  फ्रान्सेली किसान प्रदर्शनकारीहरूले राम्रो पारिश्रमिक र थोरै वातावरणीय नियमहरूको माग गरिरहेका छन्, जो नहुँदा तिनीहरूको जीविकोपार्जनलाई नै असर गरिरहेको उनीहरूले जनाउँदै आएका छन् ।

सोमबार आन्दोलनरत किसानहरूले पेरिसको महत्त्वपूर्ण सडकका आठ चोक पाइन्टमा अवरुद्ध गरेका थिए । ‘हामीलाई जवाफ चाहिन्छ,’ दक्षिण पश्चिमी लोट एट गारोनकी किसान करिन डकले भनिन् । उनी पेरिसतर्फ जाने ट्र्याक्टरहरूको जुलुसमा सहभागी भएकी थिइन । र, स्थानीय मिडियाबाट सरकारका विरुद्ध खुलेर असन्तुष्टि जाहेर गरिरहेकी थिइन ।

‘यो खेतीका लागि किसानहरूको अन्तिम लडाइ हो। यो बाँच्नका लागि पनि प्रश्न हो,’ उनले भनिन ।

यसैबिच, मूल्य वृद्धिबाट बच्न सावधानी अपनाएको सरकारले कृषि डिजेलमा दिइने अनुदान घटाउने योजना बिस्तारै खारेज गर्दै वातावरणीय नियमलाई सहज बनाउने वाचा गरेको छ । सरकारले यो पनि भनेको छ कि यसले आफ्नो युरोपेली सङ्घका साथीहरूलाई बाँझो खेती जग्गामा नियमहरू सहज बनाउन सहमत हुन दबाब दिनेछ। 

युरोपियन युनियनका अनुदानहरू प्राप्त गर्नका लागि कृषकहरूले निश्चित सर्तहरू पूरा गर्नुपर्नेछ, जस्तो कि प्रकृति पुनः प्राप्ति गर्न सक्ने गैर उत्पादक क्षेत्रहरूमा ४ प्रतिशत खेतीयोग्य जमिन छुट्टाउनु पर्ने आवश्यकता समेत समावेश गरिएको छ।

तर कृषक सङ्गठनहरूले योजनालाई अझ अगाडि बढाउनु पर्ने बताएका छन्। ‘यस चरणमा, हामी के चाहन्छौँ भने सरकार माथि अझ दबाब बढाउनु हो,’ प्रभावशाली किसान युनियनका प्रमुख अर्नाउड रुसोले स्थानीय मिडियासँग भनेका छन ।

‘त्यसैले हामी पेरिसबाट ३० किलोमिटर सम्म पेरिस छिर्ने सबै मुख्य राजमार्गहरू अवरुद्ध गर्नेर्छौ,   हाम्रो उद्देश्य सरकारलाई दबाब दिनु हो ताकि हामी चाँडै सङ्कटबाट बाहिर निस्कने उपाय खोज्न सकौँ,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...