health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

चितवन, १६ माघ । भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र बन्ने भएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा चीन सरकारको सहयोगमा अस्पताल परिसर भित्र बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको लागि काम अगाडि बढेको छ।
विश्व मापदण्ड अनुसारको पाँच थैयाको अत्याधुनिक बोनम्यारो प्रत्यारोपणको भवन तथा औजार सहितको परियोजना चालु आर्थिक वर्षभित्रै सुरु हुने पौडेलले जानकारी दिए।
‘क्यान्सर रोगको उपचारको क्षेत्रमा यो परियोजना उत्कृष्ट हुनेछ,’ डा पौडेलले भने, ‘रगतको क्यान्सर भएका बिरामीहरू उपचारको लागि विदेश जानु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ।’
विश्वमा बोनम्यारो प्रत्यारोपण अत्यन्तै जटिल र महँगो मानिन्छ। अहिले पनि केही ठाउँमा यसको उपचार भएता पनि इन्फेक्सन देखिने, रोगसँग लड्ने क्षमतालाई शून्यमा झारेर उपचार गर्नुपर्ने हुन्छ। यो उपचार यही अस्पतालमा हुँदा चितवन मात्र नभएर समग्र नेपाली जनतालाई टेवा पुग्ने विश्वासका साथ यो प्रक्रियामा अगाडि बढेको उनले बताए।
चिनियाँ प्राविधिक र क्यान्सर अस्पतालबिच छलफल भई नक्सा, स्थान छनौटसहित स्वीकृतिका लागि चीनसमक्ष प्रतिवेदन पेस गरिएको छ।
पेट सिटी स्क्यान र साइक्लोटिन सेवा प्रदान गर्न अस्पतालले मेसिन जडान गर्ने भवन निर्माणका लागि ड्रइङ डिजाइन सहितको माटो परीक्षण र स्थान छनौट गरिसकेको उनले जानकारी दिए।
फागुनको पहिलो हप्ताभित्र भवन, पेट सिटी स्क्यान र साइक्लोटोन मेसिन खरिद तथा जडानका लागि अन्तर्राष्ट्रिय बोलपत्र गर्ने योजनाका साथ अगाडि बढेको उनले बताए। चालु आर्थिक वर्षभित्रै टेन्डर आह्वान गर्ने अस्पतालको योजना छ।
अस्पतालले सर्किजल, मेडिकल तथा रेडिएसन अंकोलोजी सेवा, प्याथोलोली सेवा, रेडियोडायग्नोसिस एन्ड इमेजिङ सेवा, न्युक्लियर मेडिसिन सेवा, एजेस्थेसियोलोजी सेवा, प्यालिएटिभ तथा हस्पीस सेवा र क्यान्सर रोकथाम तथा अनुसन्धान सेवा प्रदान गर्दै आइरहेको छ।