Gyaan Ghar

Advertisement

एलन मस्कले गराए मानव मानव मस्तिष्कमा चिप प्रत्यारोपण

न्युयोर्क, १६ माघ । पहिलो पटक मानव मस्तिष्कमा चीप हालिएको छ ।

एलन मस्कको न्यूरालिंकले पहिलो पटक गरे मानव मस्तिष्कमा ब्रेन चिप प्रत्यारोपण गरेको हो ।

संसारमा नै पहिलो पटक मस्कको कम्पनी ‘न्यूरालिङ्क’ले मानव मस्तिष्कमा चिप जडान गरेर नयाँ तहल्का मच्चाएको हो । जसका कारण टेस्ला र ट्विटरका मालिक एलन मस्क आफ्नो नयाँ कम्पनी न्यूरालिङ्कको साथ एक पटक फेरि चर्चामा आएका छन्। 

उनको स्टार्टअप  ‘न्यूराेलिङ्क’ ले पहिलो मानव बिरामीमा मस्तिष्क प्रत्यारोपण गरेको हो । एलोन मस्कले मङ्गलवार यो जानकारी दिएका  हुन  । उनले भनेका छन ‘न्यूरालिंक स्टार्टअपले आफ्नो पहिलो मानव बिरामीमा मस्तिष्क प्रत्यारोपण गरेको छ। पहिलो पटक मानवमा न्यूरालिंकबाट गरिएको चिप प्रत्यारोपणले सफलता प्राप्त गरेको छ । मस्कले ट्विटर गर्दै अगाडी लेखेका छन, ‘प्रारम्भिक परिणामहरू आशाजनक छन ।’ 

सन् २०१६ मा मस्कले सह स्थापना गरेको न्युरो टेक्नोलोजी कम्पनीले मस्तिष्क र कम्प्युटर बिच प्रत्यक्ष सञ्चार च्यानल सिर्जना गर्ने लक्ष्य राख्ने घोषणा गरेका थिए । न्यूरालिंकको टेक्नोलोजीले मुख्य रूपमा ‘लिङ्क’ नामक इम्प्लान्टमार्फत काम गर्नेछ । पाँच सिक्काको साइजको यन्त्र जसले शल्यक्रियामार्फत मानव मस्तिष्कमा राखिने छ र त्यसले काम गर्न सुरु गर्नेछ ।


कम्पनीले गत वर्ष जारी गरेको विज्ञप्तिमा मानिसमा मस्तिष्क प्रत्यारोपण परीक्षण गर्न अमेरिकी नियामकहरूबाट स्वीकृति प्राप्त गरेको जानकारी दिइएको थियो । यूएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले यसलाई मानवमा क्लिनिकल परीक्षणको लागि हरियो सङ्केत दिएको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

मुम्बई, १० माघ । महाराष्ट्रको जलगाउँमा एउटा अफवाहले १३ जनाको ज्यान लिएको छ ।   बुधवार साँझ उत्तर महाराष्ट्र...
रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर...
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, ...
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा ...