Gyaan Ghar

Advertisement

एउटा यस्तो देश जहाँ मुस्लिमहरूले शव गाडदैनन, हिन्दु झैँ जलाउँछन्

टोकियो, ३ माघ । जापान विश्वका विकसित देशहरूमा पर्छ। विज्ञानदेखि प्रविधिसम्म धेरै देशहरू जापान भन्दा अगाडि अरू छैनन् भने पनि हुन्छ।

 

जापानको कुल जनसङ्ख्या करिब १२ करोड छ, जसमध्ये करिब एक प्रतिशत अर्थात् लगभग २ लाख मुस्लिम र त्यति नै सङ्ख्यामा इसाई छन् । जापानमा बसोबास गर्ने मुस्लिमहरू आजकल अनौठो समस्याको सामना गरिरहेका छन्। मृत्युपछि शव गाड्न दुई गज जग्गा पनि नभए पछि त्यहाँ अनौठो परम्परा बसेको छ ।

 

जापानको ९९ प्रतिशत जनसङ्ख्या बौद्ध धर्मावलम्बीहरूको छ र उनीहरूले बुद्ध वा शिन्तो परम्पराअनुसार शव जलाउँछन्। जसरी हिन्दु धर्ममा हुन्छ । तर इस्लाममा शव जलाउन निषेध गरिएको छ र मृतकलाई मृत्यु भएको २४ घण्टाभित्र गाड्नु पर्छ। तर हालत यस्तो छ कि मृत्युको खबर सुनेर जापानी मुस्लिमहरू डर मान्छन् ।

जापानमा जम्मा ७ वटा सार्वजनिक कब्रस्तान छन्, जहाँ मुस्लिम र क्रिस्चियनहरूका लागि दफनको व्यवस्था गरिएको छ। अहिले अधिकांश चिहानमा ठाउँ नै छैन । क्योडो न्युजका अनुसार जापानमा विदेशी नागरिकको सङ्ख्या हालका वर्षहरूमा तीव्र गतिमा बढेको छ। त्यहाँ मुस्लिमहरूको सङ्ख्या राम्रो छ तर अझै पनि देशमा केवल ७ मात्र कब्रस्तानहरू छन्।

 

अधिकांश स्थानीयले शव जलाउने भएकाले नयाँ चिहान निर्माणमा पनि प्रशासनले ध्यान दिएको छैन । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार केन्द्र सरकारले चिहान सम्बन्धी कुनै नियम बनाएको छैन तर त्यो निर्णय गर्ने अधिकार स्थानीय निकायमा छाडेको छ । एक हिसाबले यो नियम मुस्लिमहरूको लागि घाटा बनेको छ।

 

जापान इस्लामिक ट्रस्टका अनुसार स्थानीय निकायले नयाँ चिहान बनाउन स्वीकृति दिन चाहेमा पनि स्थानीय जनताको दबाबमा पछि हट्छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...