health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, २ माघ – माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा पाल्पा बग्नासकाली गाउँपालिका-१ घर भई हाल काठमाडौँ-१५ स्वयम्भू बस्ने ३० बर्सिया मायादेवी राना छिन्।
उनलाई प्रहरीले तीन दिनअघि स्वयम्भूबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार उनले दीपकराज कँडेलसहितका व्यक्तिबाट माल्टा पठाउने बहानामा ४३ लाख रुपैयाँ ठगी गरेको आरोप छ।
प्रतिव्यक्ति आठ लाख रुपैयाँ लागत लाग्ने र माल्टा पुगेपछि होटेलमा काम लगाइदिने भन्दै उनले रकम सङ्कलन गरेकी थिइन्।
रकम लिएर सम्पर्कविहीन भएपछि रानाविरुद्ध पीडितले अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए।
यसपछि खोजीका क्रममा रानालाई पक्राउ गरिएको केसीले बताए। रानालाई आवश्यक अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।