गजबको छ जिन्दगी कहिले हाँसो र कहिले आँसु
कलिलैमा फुल निमाेठ्छन यहाँ पापी रक्तपिपासु
फुल खेलौना सम्झने अपराधी हरूको कस्ता छन्
कोपिला फक्रिन नपाउँदै लुछ्ने र फ्याँक्ने निस्ठुरी छन् ।।
काँडा भित्रको फुल पनि सुरक्षित छैन यहाँ
बगैँचाभरि सजावट देखाएका हुन्छन् त्यहाँ
बगैँचा मानिसको आनन्दित थलो हुन्छ
सुगन्धले भरिएको हरियाली हुन्छ जहाँ ।।
खै के भनाै तिमी निस्ठुरी किन
यादहरू झल्किन्छ खै किन
झुटो इतिहास बनेको छैन कहीँ
मनहरू सधैँ उपस्थित त्यहीँ किन ।।
पुलहरूको बिचमा भमरा रमाउँछन्
असल मानिसले फुल चुँड्न खुट्टा कमाउँछन्
भुँ र भुँ र आवाज ले फूलबारी गुन्जिएको हुन्छ
त्यहाँ मालीहरूले नै भरपुर बगैँचा सजाउँछन् ।।
मिति २१ नोभेम्बर २०२३