health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

साथी तिम्रो शिक्षा विधेयक
संविधान लाई नै मात दिने खालको छ
संविधानले भन्छ
अनिवार्य र निःशुल्क शिक्षा
तर तिम्रो विधेयकले दुई खाले शिक्षा लाद्दै छ ।
शिक्षाको हक र सम्पत्तिको हकलाई
सँगै कसरी दाँज्न पुग्यौँ साथी
कसरी सम्पत्तिको हक मातहत
शिक्षाको हक रहन्छ भन्छौ,
अहिलेको युगमा
मान्छे शिक्षित भएन भने कसरी सम्पत्ति कमाउँछ ।
हामीले पढेको, जानेको, सुनेको
‘शिक्षा धनम सर्वधनम प्रधानम’ होइन र साथी ।
हामीले भन्छौ निःशुल्क र अनिवार्य शिक्षा
तिमी भन्दै छौ महँगो र पुजी चलाउने शिक्षा
शिक्षा रहर कि बाध्यता, शिक्षा अपरिहार्य कि सोख
साथी तिम्रो शिक्षा विधेयक ५२ वर्ष पछि आउँदै छ
आफै पुरातन र पश्च गमनको भारी बोकेर ल्याउँदै छ
तिम्रो शिक्षा विधेयक पुँजीको पोको बोकेर आउँदै छ
तिम्रो शिक्षा विधेयक प्रस्ट दुई खाले शिक्षा लिएर आउँदै छ
साथी शिक्षा नैसर्गिक हक हुनुपर्ने थ्यो
तिम्रो विधेयकले शिक्षालाई पुजीजिविको गोजीमा कोच्दै छ
साथी
हामी सँगै बर्सौँ शिक्षा निःशुल्क हुनुपर्छ भनेर
काँधमा काँध र हातमा हात मिलाएर लडेका होइनौ र
तर साथी आज तिमि माननीय हुने बित्तिकै
हिजोका ती लाठी गोली जेल नेल र बुट खाएको बिर्सियौ र साथी
शहीद को सपना खै ?
त्यो लडाई शिक्षा निःशुल्क प्राप्तिकै लागि थिएन र?
तिम्रो हिजोको त्यो कठिन सङ्घर्ष बिर्सेर
शिक्षा बेचेर जीविका चलाउने अवस्थामा
कसरी आइपुग्यौ मित्र ?
गर जे सक्छौ सके जति गर्ने नै हौ
तर शिक्षा निःशुल्क र समान बनाउन सक्दैनौँ भने
तिम्रा हरेक राजनीतिक उपलब्धि
लोकतन्त्र,गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता
सबै फिक्का बन्नेछन् साथी
किनकि
सभ्य समाजमा सबै तत्त्वको मूल हो शिक्षा ।
यो सँगै तिम्रो माननीय को पगरी पनि
भोलि फिक्का नहोला कसरी भनु र ?
सबैको जग र बलियो आधार शिक्षा चेतना बन्नु पर्छ
भन्ने गुह्य कसरी बिर्स्यौ र साथी
आउँदो हाम्रो नयाँ पुस्ता
घर घरमा दक्ष शिक्षितहरूको बास भएको
किन देख्न सक्दैनन् तिम्रा आँखाले साथी
तिम्रो आँखामा दुर्दृष्टिको रोग पो छ कि कतै
किन देशलाई शैक्षिक हब बन्ने सम्भावना देख्दैनन्
साथी तिम्रा आँखाले
के मा अल्झ्यौ र साथी,
के बिर्सिँदै छौ
शिक्षा सबै नागरिकको नैसर्गिक हक हुनुपर्ने थियो
तर साथी
तिमि शिक्षा जस्तो संवेदनशीलतामा खेल्न खोज्दै छौ किन?
किन तिमि शिक्षकको भविष्य सँग खेल्न खोज्दै छौ
उनीहरूको पेसागत सुरक्षाको ग्यारेन्टी किन गर्दैनौ ?
आज विश्वको जनताको औसत प्रतिव्यक्ति आय
हाम्रो भन्दा चौध गुणा बढी छ
त्यता पट्टि तिम्रो ध्यान किन जाँदैन साथी
तिमि तिम्रा शिक्षकहरूको पारिश्रमिक बढाउन
उनीहरूको पेसागत सुरक्षाको ग्यारेन्टी गर्न
किन हिचकिचाउँछौ साथी,
शिक्षकको सेवा सुविधा बढी भए शिक्षाको गुणस्तर
बढ्छ भनेरै हो र ?
किन संविधानको पालना गर्दैनौ
किनकि संविधानको पालना गर्यो भने
निःशुल्क र अनिवार्य शिक्षा भई हाल्छ भनेर हो र ?
सबै भन्दा ठुलो राजनीति तिमी शिक्षामा गर्दैछौं
यसमा तिम्रो ज्ञान होइन अज्ञानता हाबी हुँदै छ साथी ।
सबै राजनीतिक परिवर्तन को ऐना
शिक्षाको परिवर्तनबाट टलक्क टल्किनु पर्ने बेलामा,
दुई थरी शिक्षालाई ऐन मार्फत संस्थागत गर्दै छौ साथी,
तिमि महान् भूल गर्दै छौ ।
अहिले को युगमा शिक्षा सबैका लागि समान छ साथी
सबैका लागि निःशुल्क पनि भन्ने कुरा कसरी भुल्यौ ?
कुरा सबैका सुन तिमि माननीय हौ,
तर निर्णय तिम्रो हो साथी
निर्णय तिम्रो हो ।
विद्यालय शिक्षालाई निःशुल्क र अनिवार्य बनाऊ
यसमा वा,र,तर भन्ने शब्द राख्नु को कुनै गुन्जाइस छैन साथी,
किनकि शिक्षामा घात गर्छौ भने वा नवउदारवादको आँखाले शिक्षा क्षेत्रलाई हेर्छौँ भने,
साथी तिमी हिजोको तिम्रो आफ्नै सङ्घर्ष प्रति घात गर्दै छौ
संविधान कुल्चिदैछौं
कलिला बालबालिकाको मनोविज्ञानमा बज्र प्रहार गर्दै छौ
यति मात्र होइन साथी
तिमी देशलाई वर्गीय खाडलमा जाक्दैछौं ।
साथी सक्छौ भने
विद्यालय शिक्षा लाई
सार्वजनिक वा राज्यको दायित्व भित्र राखेर ऐन लिएर आऊ ।
समाजवादमा पुग्ने गन्तव्यका लागि एउटा इँटा थपेर ल्याऊ ।
शिक्षा मा समानता लिएर आऊ ।
उचित समय र अवसर फेरि फर्केर आउँदैन ।