health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

माले, १ माघ । मालदिभ्सका राष्ट्रपति डा मोहम्मद मुइज्जुले भारतलाई मार्च १५, २०२४ सम्ममा आफ्नो देशबाट सबै सैनिक फिर्ता लैजान भनेका छन् ।
भारतीय सेना फिर्ता गर्ने विषयमा औपचारिक वार्ता सुरु हिजोबाट त्यहाँस्थित परराष्ट्र मन्त्रालयमा भएको पहिलो समूहको बैठकमा उनले यस्तो जानकारी गराएका हुन् ।
भारत र मालदिभ्स बिच पछिल्लो समय तनाव बढिरहेको बेला राष्ट्रपति मुइज्जुकाे यो भनाइ आएको हो ।
राष्ट्रपतिका सार्वजनिक नीतिका प्रमुख सचिव अब्दुल्लाह नाजिम इब्राहिमले राष्ट्रपति भवनमा आयोजित पत्रकार सम्मेलनमा मालदिभ्सबाट भारतीय सेना फिर्ता गर्ने विषयमा हालसम्म विभिन्न तहमा ११ वटा बैठक भइसकेको जानकारी दिए ।
बैठकमा मालदिभ्सका लागि भारतीय उच्चायुक्त मुनु महावर, भारतीय विदेश सचिव र देशका अन्य वरिष्ठ अधिकारी सहभागी रहेका थिए । सो बैठकमा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरूको समेत सहभागिता रहेको द मालदिभ्स जर्नलले जनाएको छ ।