Gyaan Ghar

Home

Advertisement

टुँडिखेल भिडभाडमा च्यापिएर घाइते हुनेको सङ्ख्या ११ पुग्यो, नामसहित

काठमाडौँ, १ माघ – टुँडिखेलमा आयोजित माघी कार्यक्रमको भिडभाडमा च्यापिएर घाइते हुनेको सङ्ख्या ११ पुगेको छ।

माघे सङ्क्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग-अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भिडभाडमा च्यापिएर घाइते भएका हुन्।

घाइते भएका ११ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए। घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए।

भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरू धेरै हुँदा टुँडिखेलको गेटमा भिडभाड बढेको थियो। प्रहरीले यस क्रममा लाठी चार्ज गरी भीड नियन्त्रणमा लिएको छ।

भीडमा परेर एक जना प्रहरी जवान पनि घाइते भएको परिसर प्रवक्ता ढुङ्गेलले बताए।

घाइतेहरूको विवरण

१. जिल्ला खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नं. १० घर भई हाल ललितपुर पाटन ढोका बस्ने वर्ष १२ को तिर्सना मगर (टाउकोमा चोट बोल्न सक्ने)

२. जिल्ला सिन्धुपाल्चोक घर भई हाल ललितपुर जिल्ला चामुण्डा बस्ने वर्ष १२ की अन्जना तामाङ (निधारमा चोट बोल्न सक्ने)

३. जिल्ला धादिङ गङ्गा जमुना गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौँ जिल्ला फुटुङ बस्ने वर्ष १९ की रेजिना घले (निधार र मुखमा चोट बोल्न सक्ने) ।

४. जिल्ला धनकुटा घर भई हाल ललितपुर जिल्ला चाखुपाट बस्ने वर्ष १६ की निकिता मगर (अनुहारमा चोट बोल्न सक्ने) ।

५. जिल्ला बर्दिया राधापुर नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौँ जिल्ला नयाँबजार बस्ने वर्ष ३० की रेखा चौधरी (पेटमा चोट बोल्न सक्ने) ।

६. जिल्ला प्युठान खलङ्गा गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौँ जिल्ला फुटुङ बस्ने वर्ष १६ की अनिसा के.सी. (दाहिने हातमा चोट बोल्न सक्ने) ।

७. जिल्ला कैलाली भजनि नगपालिका वडा नं. ३ घर भई हाल ललितपुर भैसेपाटी बस्ने वर्ष २५ की कल्पना चौधरी (टाउकोमा चोट बोल्न सक्ने) ।

८. जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौँ जिल्ला वनस्थली बस्ने वर्ष २२ की मन्दिरा बस्नेत (बायाँ खुट्टा र कानमा चोट बोल्न सक्ने) ।

९. जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. २२ बस्ने वर्ष ४० की मिना थापा (बेहोस अवस्थामा ल्याएको हाल बोल्न सक्ने) ।

१०. जिल्ला कैलाली घोडाघोडी गाउँपालिका घर भई काठमाडौँ जिल्ला सितापाईला बस्ने वर्ष १९ की रिजा रेस्मी मगर (निधारमा पेटमा चोट बोल्न सक्ने) ।

११. जिल्ला रोल्पा घर भई हाल कोसी प्रदेश तालिम केन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्र.ज. पृथ्वी बुढामगर (बायाँ खुट्टामा चोट बोल्न सक्ने) ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

काठमाडौँ, १० फागुन । पृथ्वीमा अझै पनि केही प्रजातिहरू छन्, जुन वैज्ञानिकहरूको नजरबाट लुकेका छन्।  यसैबिच, अस्ट्रेल...
वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

काठमाडौँ, १० फागुन । नेपालले साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज दोस्रो खेल खेल...
भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

नयाँ दिल्ली, १० फागुन । पन्जाबका किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा)  को योजना दुई दिनका लागि स्थगित गरेका छन्,...
नेपाल ए र क्यानडा-११ बिचको निर्णायक खेल आज, क्यानडाले टस जित्यो

नेपाल ए र क्यानडा-११ बिचको निर्णायक खेल आज, क्यानडाले टस जित्यो

काठमाडौँ, १० फागुन । नेपाल ए र क्यानडा-११ बिचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुदैँछ । मुलपानी क्रिकेट मैदानमा हु...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search