health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

धनगढी, २९ पुस । राष्ट्रिय सभा निर्वाचन लागि सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिले आफ्नो कार्य थालनी गरेको छ।
आइतबार नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा राष्ट्रिय सभा निर्वाचन सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक एवं नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको बैठकले सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन जिल्ला स्तरीय सत्ता गठबन्धन दलहरूलाई जिल्ला समन्वय समिति चाँडो गठन गर्न निर्णय गरेको छ।
त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि मतदातालाई मिति २०८० माघ ९ गतेभित्र कैलाली आइपुग्न निर्देशन दिने निर्णय गरिएको खडकाले बताए।
बैठकमा समन्वय समितिका सदस्यहरू नेकपा माओवादी केन्द्रका जनक बहादुर बुढा, नेकपा समाजवादीका दिनेशचन्द्र सुवेदी, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, राष्ट्रिय सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेस कैलाली जिल्ला सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य उम्मेदवार रेणु चन्द, काँग्रेस कैलालीका सचिव केशव मिश्रलगायतको उपस्थिति रहेको थियो।