health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

रौतहट २९ पुस। रौतहटको कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्रको १५ बेडको भवनको निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी उपेन्द्र चौधरीले गुणस्तरहीन काम गरेको भन्दै पूर्व मेयर सियाराम कुशवाहाले रोक लगाईएका छन्।
सङ्घीय सरकारको १९ करोड ७५ लाख भ्याट सहितको लगानीमा भवन निर्माणको लागि कटहरिया नगरपालिकाले आव्हान गरेको टेन्डर घटाघट प्रक्रिया मार्फत महालक्ष्मी धनञ्जय, चौधरी जेबीले ११ करोडमा साकार गरेको थियो । प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाको हाता भित्र १५ सैंयाको भवन निर्माण अवधि २ वर्ष रहेको छ।
पूर्व मेयर कुशवाहाले शनिवार स्थलगत अनुगमन निरीक्षण गर्दा निर्माण कम्पनीका निर्देशक उपेन्द्र प्रसाद चौधरीले जग निर्माणमा रोलर नै नचलाई ढलान सुरु गरे पछि पूर्व मेयर कुशवाहाले निर्माण काम रोक्का गरेको बताएका छन्। करिब २० करोडको भवनको जग नै बलियो भएन भने माथिको संरचना कमजोर हुने भएकाले निर्माण रोक्का गरिएको पूर्व मेयर कुशवाहाले बताएका छन्।
ठेकदारले निर्माण स्थलमा हेडिङ बोर्ड समेत राखेका छैनन्।
‘टेन्डर तथा निर्माणको स्टीमेटसहित ठेकदारलाई आउन भनेको छु, कटहरिया नगरपालिकाको इन्जिनियरले निर्माण बारे स्पष्ट पारेपछि मात्र पुनः काम सुरु हुन्छ,’ पूर्व मेयर कुशवाहाले भने । उनका अनुसार त्यति मात्र नभई ठेकदार चौधरीले करोडौँको भवन निर्माणमा पुरानो कवाडी रड प्रयोग गरिरहेका छन् ।
सो अस्पतालको शिलान्यास २०७७ पुस १ गरेका दिन तत्कालीन नगर प्रमुख कुश्वाहाले नै गरेका थिए । तर, भवन निर्माण हुने स्थानमा ठुलो खाडल बनाएर तीनबर्ष सम्पर्क विहीन रहेका ठेकदार उपेन्द्र चौधरी अहिले बल्ल तल निर्माण काम सुरु गरेका हुन् ।
कटहरियाका वर्तमान मेयर अजय प्रकाश जैसवालले आफ्नो लामो प्रयासबाट अस्पताल भवनको निर्माण सुरु भएको बताएका छन्। जैसवालका अनुसार सुरुमा अस्पताल भवन निर्माणको लागि मन्त्रालयबाट टेन्डरको प्रक्रियाको थालनी भएको थियो। मन्त्रालयबाट निर्माणको लागि रकम निकासा नहुँदा कुनै प्रक्रिया अगाडि बढेको थिएन।
हाल मन्त्रालयमा लगातार दौडेर रकम निकासा, टेन्डर स्वीकृत गराएपछि मात्र अस्पताल भवन निर्माणको काम सुरु भएको मेयर जैसवालले दाबी गरेका छन्