Gyaan Ghar

Home

Advertisement

संसारको सबैभन्दा ठुलो बैङ्क डकैती, जो सद्दाम हुसेनको नाम भजाइएको थियो

काठमाडौँ, २९ पुस । तपाईँले जहिले पनि चोरी वा डकैतीसँग सम्बन्धित बलिउड र हलिउड फिल्महरू हेर्नुभएको छ, तपाईँको दिमागमा एउटै विचार आएको हुनुपर्छ कि यदि वास्तविकतामा यस्तो भयो भने के हुन्छ ?

 

चोरी, डकैती काल्पनिक अपराध नभए पनि यथार्थमा यस्ता घटना दिनानुदिन सार्वजनिक भइरहेका छन् । तर के तपाईँले कहिल्यै सोच्नुभएको छ संसारमा सबैभन्दा ठुलो डकैती कहिले भएको थियो होला ? आज हामी तपाईँलाई त्यही डकैतीसँग जोडिएको एउटा घटना  बताउन गइरहेका छौँ, जसले पुरै विश्वलाई हल्लाएको थियो ।

 

सन २००३ मार्च १८ को घटना हो र अर्को दिन अमेरिकाले इराकमा आक्रमण गर्न लागेको थियो। मिलिट्री डट कम वेबसाइटका अनुसार यस दिन विश्वको सबैभन्दा ठुलो चोरी भएको थियो, तर केही मानिसहरू यसलाई राष्ट्रपति सद्दाम हुसेनको अधिकार भएकाले चोरी मान्दैनन् ।

 

समाचार अनुसार त्यो दिन केही मानिस हातमा पर्चा लिएर बगदादमा रहेको इराकको सबैभन्दा ठुलो बैङ्क सेन्ट्रल बैङ्क अफ इराक पुगे ।

 

त्यहाँ उनीहरूले बैङ्क प्रबन्धकलाई एउटा पर्चा दिए, जसमा राष्ट्रपति हुसेनले भोली दिन हुन सक्ने अमेरिकी हमला हुनु अघि देशको पैसा सुरक्षित स्थानमा पठाउन चाहन्छन् भन्ने लेखिएको थियो । सद्दाम हुसेनको नाम सुन्ने बित्तिकै बैङ्कका कर्मचारीहरू डराए र तुरुन्तै त्यसै गरे ।

 

सबै पैसा तुरुन्तै बाहिर पार्क गरिएका ट्रकहरूमा लोड हुन थाले। यति धेरै पैसा थियो कि ट्रक नै अभाव थियो। त्यसपछि चोरहरूले बैङ्कमा केही पैसा छोडेर गए ।

 

अचम्मको कुरा के छ भने यो पूरै चोरी करिब ५ घण्टासम्म चलेको थियो तर हतियारको डर नराखी पूरै चोरी भएको थियो । पछि जब सद्दाम हुसेनले यस्तो कुनै आदेश जारी नगरेको थाहा भयो, सबै जना छक्क परे।

 

छानबिन गर्दा पर्चा ल्याउने व्यक्ति अरू कोही नभई सद्दामका छोरा कुसे हुसेन र उनका सहयोगीहरू रहेको पत्ता लाग्यो । पछि बैङ्कले तथ्याङ्क सार्वजनिक गर्‍यो, जसमा उक्त चोरीमा ८ हजार करोड रुपैयाँ हराएको खुलासा भएको थियो। केही समयपछि अमेरिकाले पनि कुसेलाई आक्रमणमा मार्‍यो । तर यो चोरीको ठुलो हिस्सा कहिल्यै फेला परेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सहज जित, इङल्याण्ड सुपर आठमा

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सहज जित, इङल्याण्ड सुपर आठमा

काठमाडौँ । अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङल्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । आइतबार सम्प...
काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आइतबारदेखि सात दिनसम्म बिजुली अवरुद्ध हुने भएको छ। विद्युत् प्राधिकरणअन्तर्गतको काठ...
अन्पाको छैठौ साहित्यिक पदयात्रा सम्पन्न

अन्पाको छैठौ साहित्यिक पदयात्रा सम्पन्न

काठमाडौँ, असार २ । प्रकृतिसँग रमाउँदै साहित्यिक पदयात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)को छैठौ...
राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह

राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न टाइम कार्ड अनुसार आउन अनुरोध गरेको छ ।...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search