Gyaan Ghar

Advertisement

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्ता गठबन्धन दल सक्रिय

धनगढी, २९ पुस । राष्ट्रिय सभा निर्वाचन लागि सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिले आफ्नो कार्य थालनी गरेको छ।

आइतबार  नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा राष्ट्रिय सभा निर्वाचन सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक एवं नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको बैठकले सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन जिल्ला स्तरीय सत्ता गठबन्धन दलहरूलाई जिल्ला समन्वय समिति चाँडो गठन गर्न निर्णय गरेको छ।

त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि मतदातालाई मिति २०८० माघ ९ गतेभित्र कैलाली आइपुग्न निर्देशन दिने निर्णय गरिएको खडकाले बताए।

बैठकमा समन्वय समितिका सदस्यहरू नेकपा माओवादी केन्द्रका जनक बहादुर बुढा, नेकपा समाजवादीका दिनेशचन्द्र सुवेदी, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, राष्ट्रिय सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेस कैलाली जिल्ला सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य उम्मेदवार रेणु चन्द, काँग्रेस कैलालीका सचिव केशव मिश्रलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

राजनीति

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ...
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घी...
साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

काठमाडौँ, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास ...
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍या...