न्यु योर्क, २६ पुस । आफूले नगरेको अपराधको लागि ४४ वर्ष जेलमा सजाय भोगेपछि निर्दोष र मुक्त भएका एक व्यक्तिले २५ मिलियन डलर क्षतिपूर्ति पाउने भएका छन् ।
अमेरिकाको इतिहासमा नै अहिलेसम्मको दोस्रो सबैभन्दा ठुलो क्षतिपूर्ति पाउन लागेको ड्युक ल स्कुलले जनाएको छ।
रोनी लङ, जो अश्वेत समुदायका हुन, उनलाई ५४ बर्सिया एक गोरी महिलालाई बलात्कार गरेको आरोप लगाइएको थियो । सन १९७६ मा सबै गोरा निर्णायकहरूले उनलाई बलात्कार र चोरीको दोषी ठहराएका थिए ।
तर, ४६ वर्ष जेल बसे पछि उनी निर्दोष भएको प्रमाणित भएको थियो, जुन समाचार बाहिरिए पछि विश्व भरी अमेरिकन न्यायको आलोचना भएको थियो ।
लामो अनुसन्धान पछि सन २०२० मा उनी निर्दोष भएको भन्दै जेल सजाय मुक्त गरिएको थियो ।