Gyaan Ghar

Advertisement

नागरिक उन्मुक्तिको प्रथम महाधिवेशन: अध्यक्षमा रन्जिता कि रेसम ?

टिकापुर, २६ पुस । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि कैलालीको टिकापुरमा हुँदै छ ।

२०७२ सालको थरुहट आन्दोलनको जगमा डिल्लीबजार कारागारबाट स्थापित यस पार्टीको महाधिवेशन तीन दिन हुने आयोजकले जनाएको छ
महाधिवेशनबाट पार्टीको नेतृत्व हेरफेर हुने स्रोतले बताएको छ ।

नाउपाका अनुसार महाधिवेशनबाट २९ पदाधिकारी, ५०१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । जसमा एक अध्यक्ष, एक सहध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनमा सहभागी हुनका लागि देशभरका ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुँदै छन् । पार्टीका संरक्षक रेसमलाल चौधरीले पार्टीको राजनीति दस्ताबेज प्रस्तुत गर्नेछन् ।

अध्यक्षमा रेसम कि रन्जिता ?

२०७२ सालको थरुहट आन्दोलनको जगमा स्थापित यस पार्टी गत आम निर्वाचनको सम्मुखमा खोलिएको थियो । दल दर्ताको छोटो समयमै यस पार्टीले सुदूरपश्चिम, लुम्बिनी तथा मधेस प्रदेशबाट राम्रो जनमत प्राप्त गरेको थियो ।  जसका कारण प्रतिनिधिसभामा ४, लुम्बिनी ४,  सुदूरपश्चिममा ७ सिट र मधेस प्रदेशमा १ सिट प्राप्त गरेको थियो ।

यस्तै स्थानीय तहमा चार पालिका प्रमुख, तीन पालिका उपप्रमुखसहित ९९ स्थानीय जनप्रतिनिधि जित्न सफल भएको थियो ।

पार्टीका वर्तमान संरक्षक रेसमलाल चौधरीले डिल्लीबजार कारागारबाट नै पार्टीको परिकल्पना तथा मार्ग निर्देशन गरेको थिए । उनी कारागारमा रहँदै स्थापना भएको पार्टीको अध्यक्ष हाल उनकै धर्मपत्नी रन्जिता श्रेष्ठ चौधरी छिन् । रन्जिता हाल नेपाल सरकारको भूमि व्यवस्था, गरिबी तथा सहकारी निवारण मन्त्री छिन् ।

प्रथम महाधिवेशनबाट पार्टीका नेतृत्व रेसमले नै गर्नुपर्ने माग केही कार्यकर्ताले राखेका छन् । कतिपयले भने रन्जितालाई नै दोहोर्‍याउनु पर्ने अडान राखेका छन् । महिला नेतृत्व नै हुँदा राम्रो सन्देश जाने कतिपय महाधिवेशन प्रतिनिधिहरू बताउँछन् ।

रेसमले भने अहिले तत्कालै कुनै निर्णय गरिसकेका छैनन् ।  यद्यपि महाधिवेशनबाट पार्टीको संरक्षक रहने व्यवस्था हटाइँदै छ । स्रोत भन्छ, ‘रेसम माननीय अब पार्टीको अध्यक्ष बन्नुहुन्छ, बन्नुपर्छ भन्ने हाम्रो माग थियो । अहिले पार्टीको संरक्षक पद हटाइँदै छ । यसको सङ्केत उहाँ अध्यक्ष बन्ने तयारीमा हुनुहुन्छ भन्ने हो ।’

रेसम भने पार्टीको उद्घाटन सत्रपछि हुने बन्द सत्रका क्रममा आम महाधिवेशन प्रतिनिधिहरूको भावना अनुसार उचित निर्णय लिने बताउँछन् । उनी भन्छन्, ‘अध्यक्ष को बन्ने ? पदाधिकारी को बन्ने ? भन्ने कुरा महाधिवेशन प्रतिनिधिले छनौट गर्ने कुरा हो । उहाँहरूको निर्णय अनुसार नै पार्टी अघि बढ्छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...