health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

रौतहट,२५ पुस । विगत केही दिनदेखि बढेको शीत लहरका कारण रौतहटको जनजीवन प्रभावित भएको छ । रौतहटका गरिब तथा विपन्नहरूको बस्तीमा जाडोले जनजीवन प्रभावित भएको हो। जाडोका कारण विपन्न तथा गरिब बस्तीका सर्वसाधारणलाई बिहान बेलुकाको छाक टार्नसमेत हम्मे हम्मे परेको छ । दैनिक ज्याला मजदुरी गरेर जीवनयापन चलाउँदै आएका गरिब तथा विपन्नहरूको जनजीवन शीत लहर र ठन्डीले कष्टकर बनाएको छ ।
पर्याप्त मात्रामा ओढ्ने ओछ्याउने नभएका कारण जिल्लाका ग्रामीण भेगका विपन्न बस्तीहरूमा सर्वसाधारणहरू पराल ओछ्याएर सुत्न बाध्य भएका छन्। जिल्लाका गरिब तथा विपन्नहरूका बस्तीमा यति बेला उनीहरूको सहारा पराल बनेको छ। पराल नै ओछ्याएर पराल नै बालेर तापेर उनीहरू रातदिन कटाउन बाध्य भएका छन्।
दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्ने दलित तथा विपन्नहरूको बस्तीमा कामको अभावमा उनीहरू घरमै पराल तापेर बस्न बाध्य भएका छन्। चिसोका कारण दैनिक ज्याला मजदुरी गर्नसमेत उनीहरूलाई समस्या परेपछि घरै बस्न बाध्य भएका हुन्।
चिसोका कारण अहिले बालबालिकामा विभिन्न रोग देखा पर्न थालेको र आफूहरूसँग पर्याप्त न्यानो लुगा नभएकाले समस्या भएको चन्द्रपुर ५ नहर टोलकी तेतरिया देवीले बताइन् । रौतहटका विपन्न तथा गरिब बस्तीहरूमा जाडो छल्नका लागि स्थानीय तहहरूले समेत कुनै सामग्री वितरण नगरेको उनीहरूको गुनासो रहेको छ।
तराई मधेसका जिल्लामा हरेक वर्ष शीत लहरीका कारण सर्वसाधारणहरू पीडित बन्दै आएका छन्। केही दिनदेखिको लगातारको शीत लहरी र चिसो हावाका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ भने गरिब तथा विपन्न बस्तीका सर्वसाधारण यसको मारमा परेका छन्।
चन्द्रपुर नगरपालिका वडा नम्बर ५ को नहर टोलमा रहेको गरिब तथा विपन्न बस्तीको अवस्था यति बेला दर्दनाक रहेको छ। उनीहरू पराल ओछ्याएर सुत्न बाध्य रहेका छन् भने परालै ओढेर दिन कटाउन बाध्य बनेका छन्। जिल्लाका विभिन्न स्थानमा रहेका गरिब तथा विपन्न बस्तीका सर्वसाधारणका लागि स्थानीय तहले जाडोबाट बच्ने उपाय अवलम्बन गर्न नसक्दा सर्वसाधारणहरू मारमा परेको स्थानीय बासिन्दाहरूले बताएका छन्।
पानी नै चुहिने फुसको घरमा तप तप चुहिने शीत लहरीको बेलामा समेत उनीहरू पराल ओछ्याएर कष्टकर तरिकाले रात तथा दिन बिताउन बाध्य भएको चन्द्रनिगापुरका शम्भु चमारले गुनासो गरे । रौतहटसहित तराई मधेसका जिल्लाहरूमा हरेक वर्ष जाडोले कठ्याङ्ग्रिए र मर्नेहरूको सङ्ख्या समेत बढ्दै जाँदा पनि स्थानीय तह तथा प्रदेश सरकारले जाडोबाट बच्ने उपाय अवलम्बन गर्न नसकेको गुनासो बढ्दै जान थालेको छ ।
जाडोबाट बच्न रौतहटका केही स्थानीय तहले डिभिजन वन कार्यालय रौतहटसँग सहकार्य गरेर दाउरा वितरण गर्दै आएको भए पनि यस वर्ष गरिब तथा विपन्न बस्तीमा दाउरा समेत नपुगेका कारण उनीहरू पराल बालेर आगो ताप्न बाध्य भएका हुन्।