health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

गाजा । कम्तीमा ३१ प्यालेस्टिनी पत्रकारहरू इजरायली जेलमा रहेका रिपोर्ट सार्वजनिक भएको छ ।
रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)का अनुसार गत अक्टोबर ७ देखि ३२ जना प्यालेस्टाइनी पत्रकारलाई गिरफ्तार गरिएको छ । जसमध्ये एक जना मङ्गलवार रिहा भएका छन् ।
इजरायलले पक्राउ गरेका ३२ प्यालेस्टिनी पत्रकारहरूमध्ये मङ्गलवार दिया अल काहलौत भने रिहा गरिएको छ । इजरायलले मङ्गलवार रिहा गरेका अल अरबी अल जादीद समाचार आउटलेटका लागि गाजा संवाददाता हुन् ।
इजरायलले कैद गरेका बाँकी ३१ प्यालेस्टाइनी पत्रकारहरू प्रायः कुनै आरोप बिना नै राखिएको आरएसएफले जनाएको छ।
जेलमा परेका पत्रकारहरू सबै प्यालेस्टिनी मिडिया आउटलेटहरूको लागि काम गरिरहेका छन्, जसमध्ये केही स्वतन्त्र पत्रकार पनि रहेका छन् ।
यसरी इजरायली जेलमा रहेका प्रायः उसैले कब्जा गरिएको वेस्ट बैङ्क क्षेत्रबाट पक्राउ गरिएकाहरू पर्ने मिडिया अधिकार सङ्गठनले जनाएको छ ।
‘गाजा पट्टीमा युद्ध जारी रहँदा गिरफ्तारी र नजरबन्दको यो घटना मुख्यतः प्यालेस्टिनी मिडियालाई मौन पार्ने उद्देश्यले गरिएको हो,’ आरएसएफले भनेको छ