Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
बमजन पक्रने ‘अपरेसन ब्लु’का कमान्डर डिएसपी भण्डारी, यसरी गरियो पक्राउ (अन्तर कथा) - Gyaan Ghar

Gyaan Ghar

Advertisement

बमजन पक्रने ‘अपरेसन ब्लु’का कमान्डर डिएसपी भण्डारी, यसरी गरियो पक्राउ (अन्तर कथा)

काठमाडौँ, २५ पुस । केन्द्रीय अनुसन्धान ब्युरोमा विगत १९ महिनादेखि कार्यरत छन् प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी।

 

उनी पिलर नम्बर १ का इन्चार्ज हुन्। उक्त पिल्लरले जघन्य तथा सङ्गठित अपराध अनुसन्धान गर्ने गर्छ। हत्या अपहरण, बलात्कार, बम विस्फोटलगायत घटनाहरूको अनुसन्धान गर्ने उक्त टोलीलाई ‘टिओआर’ छ।

 

उनै भण्डारीको नेतृत्वमा मङ्गलवार बेलुका प्रहरीहरू रामबहादुर बमजनलाई पक्रन काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-६ हात्तीगौंडा पुगेका थिए।

बमजनको स्थायी ठेगाना बारा निजगढ नगरपालिका-१२ हो। २० वर्षीय उनको नाम रामलाल बमजन हो। तर, उनी रामबहादुर बमजन, तपस्वी बमजन, लिटिल बुद्धलगायत नामले चिनिएका थिए।

 

भण्डारी नेतृत्वको टोली १९ महिनादेखि बमजनको खोजीमा लागिरहेको थियो। त्यसअघि पनि ब्युरोले बमजनको खोजी नगरेको भने होइन। सिन्धुलीस्थित आश्रममा प्रहरी छापा मार्न पुग्दा बमजन भेटिएका थिएनन्।

 

हालसालै भने बमजन बुढानीलकण्ठ क्षेत्रमा आउने-जाने गर्छन् भन्ने सूचना ब्युरोमा आएको थियो।

 

यसपछि ब्युरोले भण्डारीको नेतृत्वमा बमजन खोजीलाई ‘अपरेसन ब्लु’ नाम दिएर टोली खटायो।

 

खासमा यो ‘अपरेसन ब्लु’को शब्दार्थ केही होइन। विशुद्ध रूपमा ‘सेक्युरिटी मेन्टेन’ गर्नका लागि ब्युरोले दिएको ‘कोडिङ’ नाम हो।

‘कुनै पनि अपरेसन चलाउनका लागि हामी आन्तरिक रूपमा केही कोडिङ गर्छौँ, जसबारे त्यो अपरेसन टोलीलाई मात्रै थाहा हुन्छ,’ ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य भन्छन्, ‘यो सेक्युरिटी मेन्टेन गर्नका निम्ति मात्रै हो, अरू कसैले थाहा नपाउन् भनेर हो।’

‘अपरेसन ब्लु’ सक्रिय भएपछि डिएसपी भण्डारी बमजनको खोजीका लागि विभिन्न टेक्निकल अनुसन्धानमा जुटिरहेका थिए। ‘हिजो दिउँसोसम्म बमजन त्यहाँ छन् भन्ने थाहा थिएन, अचानक पत्ता लागेको हो,’ आचार्यले भने।
आचार्यका अनुसार बमजन बसेको भिरालो जमिनमा रहेको चार तले घर पत्ता लागेको भन्दै भण्डारीले जब खबर गरे, अपरेसनका लागि टोली तयार पारियो।

 

प्रहरीले मङ्गलवार बेलुका सवा ७ बजे बमजन बसेको घरमा घेरा हाल्यो।

 

डिएसपी भण्डारी घरभित्र छिर्नुअघि पहिलो तलामा नै उनकी श्रीमतीले अवरोध पुर्‍याइन्। उनका दुई छोराछोरी चिच्याउन थाले।

 

बाहिर चारैतिर प्रहरीले घेरा हालिसकेको थियो।

 

भण्डारी श्रीमतीलाई पन्छाउँदै बमजनलाई समात्न घरभित्र छिरे।

 

बमजन त्यस बेला दोस्रो तलामा थिए। भण्डारी पुगेपछि तेस्रो हुँदै घरको चौथो तलामा पुगे।

 

त्यहाँबाट उनी भिरालोतर्फको जग्गामा हाम फाले। ‘त्यो करिब एक तलाभन्दा अलि बढी उचाइबाट हो,’ आचार्यले भने।

 

भण्डारी नेतृत्वको टोलीका सदस्य बमजन हाम फालेको तलामुनि छँदै थिए। भाग्छन् भनेर टोलीका सदस्य पनि बमजनलाई समात्न चौथो तलाबाट हाम फाले।
त्यतिको उचाइबाट हाम्फाल्दा पनि बमजन थुचुक्क भएनन्।

 

त्यस बेला अलिकति मात्रै कमजोरी भएको भए बमजन फुत्किन पनि सक्थे र प्रहरीलाई अर्को आक्षेप लाग्न सक्थ्यो – बमजन पक्रन प्रहरी असफल अथवा प्रहरी कमजोरीले बमजन भागे।
किनभने, प्रहरीले २०७६ सालदेखि बमजनलाई खोजी गरिरहेको थियो। उनका केही आश्रममा छापा मार्दा बमजन भेटिएका थिएनन्। उनी चतुर्‍याइँपूर्वक प्रहरीबाट छलिइरहेका थिए।
उनलाई पक्राउ गर्न त्यति सजिलो छैन भन्ने प्रहरीको पूर्व आकलन नै थियो।

 

डिएसपी भण्डारीले कुनै मौका दिएनन् र अन्ततः बमजनको हातमा हतकडी लगाएर गाडीमा कोचे।

‘बमजन पहिलेदेखि नै बुढानीलकण्ठमा बस्छन् भन्ने चाहिँ सुन्नमा आएको तर त्यही र घरमै छन् भन्ने भेरिफाई भएको हिजै हो,’ आचार्यले भने।

 

बमजन बस्ने ठाउँ यकिन गर्नका लागि त्यही घर चाहिँ महत्त्वपूर्ण सूचना बन्यो। जहाँ बमजनले आफ्नी श्रीमती, ९ वर्षका छोरा र २ वर्षकी छोरी राखेका थिए। साथसाथै, आफूले आर्जन गरेको केही सम्पत्ति पनि उनले त्यही घरमा थन्क्याएको पाइएको छ।
श्रीमतीको मोबाइल फोन कनट्याक्ट भेरिफाई गर्दै जाँदा बमजन फेला परेका भने हुन्। आचार्य भन्छन्, ‘अनुसन्धानका क्रममा विभिन्न कुराहरू भेरिफाई गर्दै जानुपर्ने हुन्छ, यसमा हामीले धेरै मेहनत गरेका थियौँ।’

त्यो घर बमजन आफैँले खरिद गरेको हो वा कसैले बस्न दिएको हो भन्नेबारे खुलिसकेको छैन। ‘त्यो घरबारे हामीले अनुसन्धान गरेकै छैनौँ, पहिले व्यक्ति पत्ता लगाउने, पक्रने र सम्बन्धित निकायमा बुझाउने काम मात्रै भएको छ,’ आचार्यले भने।
तर, एक अधिकृतका अनुसार बमजनको संस्थाले त्यो घर खरिद गरेको हो भन्ने बुझिएको छ। ‘बयानमा उनले आफ्नो नभएर संस्थाले किनिदिएको भन्ने गरेका छन्,’ ती अधिकृतले भने।

 

बमजन त्यहाँ व्यवस्थित साथ स्थायी रूपमै बस्न थालेका हुन् भन्ने प्रमाणहरू भेटिएका छन्। बमजनको घरमा सुविधा सम्पन्न गाडी फेला पर्नु, तीन करोड बढी रकम फेला पर्नुले त्यसको पुस्ट्याइँ गर्छ।

अझ, बमजन बसेको घरभित्रै शारीरिक अभ्यासका लागि खोलिएको ‘क्लब’ जस्तै सुविधा सम्पन्न जिम खाना छ। जहाँ, बमजन शारीरिक अभ्यास गर्थे।

चार जना व्यक्ति बेपत्ता र अनुयायीमाथि बलात्कार तथा बाल यौन दुराचार गरेको आरोप लागेपछि बमजन प्रहरी खोजीमा थिए।

२०७१ साल साउन महिनादेखि बाराको हल खोरिया स्थित आश्रममा काम गर्ने एक नाबालिग आनीले जाहेरी दिएपछि बमजनको खोजीमा प्रहरी लागिरहेको थियो।

बमजनले बलात्कार तथा यौन शोषण गर्ने गरेको जाहेरी परेपछि प्रहरीले उनी विरुद्ध २०७६ साल माघ २३ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। आचार्यका अनुसार यो मुद्दाको अनुसन्धानका लागि बमजनलाई सर्लाही पठाइएको छ।
बमजनको आश्रमबाट हालसम्म चार जना बेपत्ता भएको खुलेको छ। तिनीहरूमध्ये एक हुन् २९ बर्सिया चुन्मो भनिने चिनीमाया तामाङ।

नुवाकोट मेधाङ गाउँपालिका-३ घर भएकी उनी सिन्धुपाल्चोकस्थित बाड गाउँको आश्रमबाट बेपत्ता भएकी थिइन्।

ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार उनी २०६९ साल असोज महिनाबाट बेपत्ता छिन्। उनी अहिलेसम्म कहाँ छिन् खुलेको छैन।
यस्तै, सिन्धुपाल्चोक बाडे गाउँ आश्रमबाट बेपत्ता भएका अर्का व्यक्ति हुन् ५१ वर्षीय सञ्चलाल वाइबा।  हेटौँडा उपमहानगरपालिका- १३ घर भएका उनी २०७१ साल चैत १४ गतेबाट बेपत्ता भएका थिए।

 

सिन्धुपाल्चोक बाड गाउँकै आश्रमबाट बेपत्ता भएकी तेस्रो व्यक्ति हुन् फूलमाया रुम्बा। ३० वर्षीय रुम्बा हेटौँडा उपमहानगरपालिका-१६ की हुन्। उनी २०७१ साल माघ महिनाबाट बेपत्ता भएकी थिइन्।
यसै गरी, बमजनको आश्रमबाट बेपत्ता भएका चौथो व्यक्ति ३४ वर्षीय सुरेशकुमार आले हुन्।

उनी निजगढ नगरपालिका(१२ खुमजोरस्थित बमजनको आश्रमबाट २०७२ जेठ महिनामा बेपत्ता भएका थिए। उनी जितपुर सिमरा उपमहानगरपालिका- १५ बडहर्वाका हुन्।
‘बेपत्ता व्यक्तिहरूबारे खोजी तथा अनुसन्धान सुरु गर्दैछौं, अहिले हालसम्म दर्ता भएको मुद्दाको अनुसन्धानका लागि सर्लाही पठाइएको हो,’ आचार्यले भने।
प्रहरीले बमजनको घरबाट १७ देशका विदेशी मुद्रा फेला पारेको थियो।

 

ब्युरोका एक अधिकृतका अनुसार १७ देशका विदेशी मुद्राको नेरु ३० लाख ९२ हजार ४०६ हुन जान्छ।  बमजनको घरबाट प्रहरीले नेपाली रकम ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ बरामद गरेको छ।
उनको घरबाट विदेशी मुद्रा र नेपाली गरी ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद भएको ती अधिकृतले बताए।

 

बरामद अन्यमा गाडी तथा मोटरसाइकल रहेका छन्। बमजन चढ्ने गरेको प्रदेश-३-०१- ०२४ च  ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयटा फर्चुनर गाडी बरामद भएको छ।
यस्तै, सेतो रङको अर्को ल्याण्डक्रुजर जेडएक्स गाडी बरामद भएको छ। उक्त गाडी ललितपुर(२२ बुङमती बस्ने बौद्ध श्रवण धर्म सङ्घ ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा रहेको खुलेको छ।
उक्त गाडी धुम्बाराही स्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि सो रुममा पाँच करोडमा बुक भएकोमा ३ करोड नगदै भुक्तानी भई खरिदको क्रममा रहेको देखिएको छ।

 

उनको घरबाट क्रस फायर ३९० सिसीको केटिएम डुक, यामहाको स्कुटरसहित चार वटा मोटरसाइकल बरामद भएको ब्युरोले जनाएको छ।
बरामद अन्य सामानमा मोटरसाइकलका बिल बुक तीन थान, टोयटा हाइलक्स गाडीको चाबी १ थान, पेन ड्राइभ २० थान, भ्वाइस रेकर्डर १ थान, मेमोरी कार्ड २ थान, ल्यापटप २ थान, मोबाइल १४ थान र आई प्याड र ट्याब ५ थान छन्।

 

डिएसपी भण्डारी भेप बाट ल्याइएको ९ किलो र त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो सुनको अनुसन्धान सिलसिलामा गत भदौमा दिल्ली पुगेका थिए।

सुन तस्करी प्रकरणमा हङकङका दाओजिङ वाङ मुख्य नाइके भएको पत्ता लागेपछि भण्डारीलाई ब्युरोले भारत पठाएको थियो। वाङ नेपालमा मात्रै नभएर भारतमा समेत सुन तस्करीले चर्चित थिए।
सन् २०२१ मा वाङलाई भारतको राजस्व अनुसन्धान विभागले ८८।५३५ किलोग्राम सुनसहित पक्राउ गरेको थियो। अपरेसन ‘मोल्टेन मेटल’ चलाएर विभागले वाङलाई पक्राउ गरेको थियो।

 

भण्डारीले केही समय त्यसबारे बुझे। तर, वाङ कहाँ छन् पत्ता भने लागेन। उनी सुन तस्करीमा संलग्नताका थुप्रै ‘क्लु’हरू बोकेर डिएसपी भण्डारी फर्किए। वाङलाई पक्राउ गर्न इन्टरपोललाई चिठी नै लेखिएको छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...