health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

रौतहट २५ पुस । सङ्घीयता पछि गाउँ गाउँमा सिंहदरबार आउँछ र जनताको आधारभूत आवश्यकता पूरा गर्दै देशको विकास गर्छ, सुखी नेपाली समृद्ध नेपाल बन्छ भने यहाँका नागरिकले विश्वास लिएका थिए।
२०७४ को स्थानीय निर्वाचन पछि गाउँ गाउँमा सिंहदरबार त आयो तर जनता बाट चुनिएर आएका जनप्रतिनिधि अर्थात् छोटे राजाहरू जनताको आवश्यकता भन्दा बजेटकै भागबन्डामा अल्झिएका छन् ।
नागरिकको पिर मर्कालाई हेर्ने उनीहरूलाई मतलब नै देखिएन । बजेट बाहेक अन्य समस्या देख्ने यिनलाई फुर्सद नै छैन। यसको ज्वलन्त उदाहरण बनेको छ रौतहटको वृन्दावन नगरपालिका ।
पूजाको लागि चन्दा नदिएको भन्दै वडा १ को कार्यालयमा एक समूहले डेढ सातादेखि ताला लगाएको थियो। तर उक्त ताला अर्थात् वडाको कार्यालय खुलाइदिने कोही भएन।
वडा कार्यालयमा ताल्चा लागेपछि आम सर्वसाधारण मर्कामा परेका छन् भने कार्यालयले प्रदान गर्दै आएको सम्पूर्ण सेवा बन्द भएको छ।
स्थानीय राजदेव पटेल करिब पाँच दिनदेखि वडा कार्यालय धाइरहेका छन्। तर, वडा कार्यालयमा ताला लागेको देखेर उनी सधैँ फर्केर आउँछन्। उनको भर्खरै जन्मेकी छोरीको जन्म दर्ता बनाउन वडा कार्यालय धाउने गरेको बताउँछन्। वडा कार्यालयमा तालाबन्दी गरिएको कुरा थाहा पनि छैन र पटेल मोबाइल समेत चलाउँदैनन् ।
पटेललाई छोरीको जन्म दर्ता बनाई बाल पोषण भत्ता खुवाउने चिन्ता लागेको छ।
तर, वडा कार्यालयमा तालाबन्दी कै कारण उनको छोरीको जन्म दर्ता बन्न सकेको छैन। उक्त वडाका राजदेव पटेल मात्र होइन कार्यालयमा डेढ साता देखि तालाबन्दीका कारण कैयौँ सर्वसाधारण मर्कामा परेका छन्। वडा अध्यक्ष रामनाथ सहनीले दुर्गा पूजाको अवसरमा लागेको मेलामा चन्दा नदिएका कारण वडा कार्यालयमा ताला लागेको स्विकार्छन् ।
वृन्दावनका मेयर विनोदप्रसाद कुर्मीले दुर्गा पूजाको लागि बचन दिएको चन्दा प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित भएका कारण दिन नसकेकाले स्थानीय अमिन्दर पटेल सहितको टोलीले वडा कार्यालयमा तालाबन्दी गरेको अध्यक्ष सहनीले बताएका छन्।
दुर्गा पूजाको अवसरमा मेला लगाउन नगरप्रमुख कुर्मीले पाँच लाख रुपियाँ दिने प्रतिबद्धता गरेको थियो । तर, पालिकामा प्रमुख प्रशासकीय अधिकृतको विषयमा विवाद उत्पन्न भएका कारण समयमा उक्त भुक्तानी हुन नसकेकाले आक्रोशित स्थानीयहरूले वडा कार्यालयमा तालाबन्दी गरेको वडाध्यक्ष सहनीले बताएका छन्।
मेयरले भुक्तानी नदिँदा वडा कार्यालयमा किन तालाबन्दी गरेको भनेर सोध्दा स्थानीय अमिन्द्र पटेलले वडा कार्यालय पनि नगरपालिकाकै अङ्ग भएकाले तालाबन्दी गरेको बताए । त्यसै गरी नगरको स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव छ तर कसैको ध्यान गएको देखिएन।
यसरी वृन्दावन मात्र नभई जिल्लाको आधा दर्जन पालिकामा बेथिति देखिएको छ।
सोमवार रौतहटको कटहरिया नगरपालिकामा पनि जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन्। त्यस अघि गरुडा नगरपालिकामा सुविधाको माग गर्दै उपमेयर सहित जनप्रतिनिधिले पाँच दिन अघि नगरपालिकाको मूल गेटमा ताला लगाएर धर्नामा बसेका छन्।
तालाबन्दीका कारण पाँच दिनदेखि त्यहाँका नागरिकले पाउने सम्पूर्ण सेवा सुविधा बन्द भएको छ।
उता तलबको माग गर्दै फतुवा विजयपुरमा शिक्षक कर्मचारी एक साता अघि देखि धर्नामा बसेका छन्। उनीहरूको माग प्रति जनप्रतिनिधिहरू गम्भीर नभएको शिक्षकहरूको आरोप छ।
यसरी दुई गाउँपालिका सहित १८ स्थानीय तह रहेको रौतहटको अधिकांश स्थानमा जनप्रतिनिधिहरू बजेटकै भागबन्डामा रुमलिएको देखिन्छ। मतदाता नागरिकको सेवा सुविधा र मार्कालाई उनीहरूले बिर्सनै सकेको देखिन्छ। तथापि नागरिकको समस्या समाधान तथा पालिकाहरूको अवस्था बारे राज्य गम्भीर हुनु जरुरी देखिन्छ।