Gyaan Ghar

Advertisement

कोरोना जोखिम बढेसँगै इपिडिमियोलोजी महाशाखाले सबै निकायसँग माग्यो दैनिक रिपोर्ट

 

काठमाडौँ, २६ पौष । कोरोना सङ्क्रमण बढेसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दैनिक रिपोर्ट बुझाउन सबै निकायलाई आग्रह गरेको छ।

महाशाखाले एक विज्ञप्ति जारी गर्दै सबै सेन्टिनल साइट, प्रवेश विन्दु, कोभिड रिपोर्टिङ ल्याब र सरकारी तथा निजी अस्पतालहरूलाई कोभिड-१९ सङ्क्रमितहरूको दैनिक प्रतिवेदन अनिवार्य रूपमा बुझाउन अनुरोध गरेको हो।

महाशाखाले पिसिआर पोजेटिभ बिरामीको जिनोम सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनसमेत अनुरोध गरेको छ।

केही देशहरूमा कोभिड-१९ सङ्क्रमणको नयाँ सब-भेरियन्ट ‘जेएन.१’ को जोखिम बढिरहेको र छिमेकी देशमा फैलिरहेकोले नेपालमा पनि जोखिम बढेको भन्दै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले यसअघि नै अनुरोध गरिसकेको छ। नेपालमा पनि उक्त भेरियन्ट सात जनामा पुष्टि भइसकेको छ।

यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना सङ्क्रमण बढिरहेको सन्दर्भमा सङ्क्रमण र त्यसको फैलावट रोक्न जनस्वास्थ्यका सबै मापदण्ड अपनाउने निर्णय गर्दै आजै सबै निकायमा सर्कुलर गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष

समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष

काठमाडौँ, २४ माघ । इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपद्कै रूपमा आउन सक्ने भन्दै सरोकारवाला हरुले चिन्...
संसद्मा प्रचण्डको आक्रोश : तपाईँहरू मालिक, नागरिक दास हो?

संसद्मा प्रचण्डको आक्रोश : तपाईँहरू मालिक, नागरिक दास हो?

काठमाडौँ -  प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले न...
समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र ? : चित्रबहादुर केसी

समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र ? : चित्रबहादुर केसी

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको बताएका छन्।...
विज्ञानमा चमत्कार : पोथी बिना २ भाले मुसाबाट जन्माइयो सन्तान

विज्ञानमा चमत्कार : पोथी बिना २ भाले मुसाबाट जन्माइयो सन्तान

काठमाडौं, २२ माघ । चिनियाँ वैज्ञानिकले हालै नयाँ उपलब्धि हासिल गरेका छन् ।   वैज्ञानिकहरूले दुई वटा...