health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, २४ पुस । आइसिसी यू- १९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अनौपचारिक वार्मअप खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई १३५ रनले पराजित गरेको हो ।
नेपालले दिएको २८५ रनको लक्ष्य पछाएको स्कटल्यान्ड ४३.२ ओभरमा अल आउट हुँदै १४९ मात्र बनाएको थियो । नेपालका लागि तिलक भण्डारीले ३ तथा आकाश चन्दले २ विकेट लिएका थिए ।
यस अघि नेपाल यू- १९ टिमले पहिला ब्याटिङ गर्दै ४९.२ ओभरमा अलआउट हुँदै २८४ रन बनाएको छ । नेपालका लागि गुलशन झाले ११४ रनको शतकीय पारी खेलेका छन् । त्यस्तै दीपक बोहराले नट आउट ५८ रन बनाएका थिए ।
नेपाल यस विश्वकपमा समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्यु जिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने छ ।
विश्वकप खेल्ने नेपाली टिम:
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दीपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दीपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।