Gyaan Ghar

Advertisement

कान्स र बर्लिन जितेका ब्रुस डेर्नले नेपाली चलचित्र ‘भूठान’मा अभिनय गर्ने

काठमाडौँ, २४ पुस । विनोद पौडेलको निर्देशन रहने नेपाली चलचित्र ‘भूठान’मा  अमेरिकी अभिनेता ब्रुस डेर्नले पनि अभिनय गर्ने भएका छन् । ८५ वर्ष छेउछाउका बु्रसले सन् २०१३ मा रिलिज भएको ‘नेब्रास्का’बाट युरोपको सर्वाधिक प्रतिष्ठित फेस्टिभल कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । यसै गरी उनले सन् १९८३ मा रिलिज भएको ‘द्याट च्याम्पियनसिप सिजन’बाट बर्लिनमा सिल्भर बियर अवार्ड जितेका थिए ।

 

गोल्डेन ग्लोबदेखि ओस्कार अवार्डसम्ममा मनोनयनमा परेका ब्रुसले यही महिना ‘भूठान’को सेट ज्वाइन गर्नेछन् । चलचित्रको सुटिङ सोमबारबाट अमेरिकाको ओहायो राज्यको एक्रोनमा सुरु भएको छ । १ महिना सुटिङ अवधि रहेको चलचित्रका लागि हरिवंश आचार्य र दयाहाङ राई यसअघि नै अनुबन्धित भइसकेका छन् ।

 

अङ्ग्रेजी नाम ‘ह्याप्पिएस्ट म्यान इन दि वर्ल्ड’ राखिएको फिल्मले भुटान छाडेर अमेरिकामा आप्रवासनमा गएका एक वृद्धको कथा भन्नेछ । चलचित्रमा हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरिरहेका छन् । चलचित्रमा जोयस पाण्डे, विमल सुवेदी, ऋचा घिमिरे, पूजा लामा आदि कलाकारको पनि अभिनय रहनेछ । चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् भने चलचित्रको छायाङ्कन सुशन प्रजापतिले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अ...
प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

काठमाडौँ । विभिन्न वामपन्थी सङ्गठनहरूको साझा सांस्कृतिक मोर्चा, प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत्र २३ र २४ गते काठम...
इजरायलमाथि इरानको मिसाइल आक्रमण

इजरायलमाथि इरानको मिसाइल आक्रमण

काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ । गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्याले...
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भा...