Gyaan Ghar

Advertisement

अत्यधिक चिसो बढ्न थालेपछि सिराहाका सामुदायिक विद्यालयहरू धमाधम बन्द

मुकेश कुमार यादव/न्युज कारखाना

सिराहा, २४ पुस । सिराहामा लगातार चिसो बढ्न थालेपछि पालिकाहरूले सामुदायिक विद्यालयहरू धमाधम बन्द गर्न  थालेका छान्। शितलहर तथा चिसोका कारण विद्यार्थीको  स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै पालिकाहरूले विद्यालय बन्दको गर्ने सूचना जारी गर्न थालेका हुन्।

सिराहाको गोलबजार नगरपालिकाले आज मङ्गलवार सूचना जारी गर्दै बढ्दो शीतलहर तथा जाडोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै २५ गतेदेखि विद्यालय बन्द रहने सूचना जारी गरेको शिक्षा शाखा अधिकृत सुबोध कुमार लामा जनाएको छ। शिक्षा शाखा अधिकृत  लामाले माघ २ गते मात्र विद्यालय खुल्ने जनाएको छ।

चिसोले विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै लक्ष्मीपुर पतारी गाउँ पालिकाले पनि आजबाट लागू हुने गरी एक हप्ता जाडो बिदा दिएको छ।

गाउँपालिकाका शिक्षा अधिकृत राम बालक पासमानले सोमबार सूचना जारी गर्दै मङ्गलवार देखी लागू हुने गरी आगामी २ माघसम्म जाडो बिदा दिइएको जनाएका छन्।

त्यसै गरी नगरहा गाउँ पालिकाले पनि विद्यालय जाडो बिदा दिएको छ। पछिल्लो केही दिनयता बाक्लो हुस्सु र कुहिरोसँगै तापक्रम घटेपछि जनजीवन प्रभावित बन्दै आएको छ। बाक्लो हुस्सु र कुहिरो प्रायः दिउँसोसम्म लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...