सर्लाही, २२ पुस । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार दिउँसोदेखि सोमबार बिहानसम्मका लागि कर्फ्यु जारी गरेको हो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जारी गरेको कर्फ्युमा आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्म कायम रहने उल्लेख छ ।
गत शुक्रवार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । त्यसपछि पनि कर्फ्यु जारी गरिएको थियो ।