health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, पौष २० । भारतीय विदेश मन्त्री एस जयशंकरको उपस्थितिमा भारतले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने सम्झौताको सर्वत्र विरोध भइरहेको छ । सो सम्झौताबाट देशको राष्ट्रियता, अखण्डता तथा सार्वभौमिकतामाथि नै आँच पुग्ने भन्दै विरोधको आवाजहरू उठिरहेको छ । यसै सन्दर्भमा नेकपा(मसाल)का प्रवक्ता रामप्रकाश पुरीले सो सम्झौताको भर्त्सना गर्दै एक वक्तव्य जारी गरेका छन् । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –
नेपाल–भारत बिच हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयनका लागि भएको सहमतिमा भारतले २० करोडसम्मका परियोजनामा सिधै लगानी गर्न पाउने उल्लेख छ । त्यसबाट नेपालको सार्वभौमिकता स्वतन्त्रता र राष्ट्रियतामाथि गम्भीर आँच पुगेको छ । नेपाल सरकारले त्यसरी नेपालका विभिन्न विकास योजना, आन्तरिक मामिला र लगानी सम्बन्धी भारतलाई रकम बाँड्नका लागि अधिकार दिने भनी भएको सहमतिले देशको सार्वभौमिकता र राष्ट्रियतामाथि गम्भीर प्रहार गरेको कुरा स्पष्ट छ । भारतले नेपालका विभिन्न विकास योजनामा त्यसरी सिधै लगानी गर्न पाउनु भारतीय प्रभावलाई बढाएर लैजानु हो । विकास योजनाको लगानी र खर्च सम्बन्धीको अधिकार नेपालको आन्तरिक मामिला हो र उक्त मामिलामा भारतलाई हस्तक्षेप गर्नका लागि सहमति गर्नु भारतको प्रभावलाई कायम गर्नु हो । त्यसरी त्यो सहमति देशको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रियताका विरुद्ध रहेको कुरा स्पष्ट छ । हामीले त्यो राष्ट्रघाती सहमतिको विरोध गर्दछौँ र त्यसलाई रुद्ध गर्नका लागि माग गर्दछौँ ।