health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

दमयन्तीको स्वयंवरको दृश्यको चित्रण यो कुराको प्रमाण छ कि वैदिक कालमा यो प्रथा समाजको चार वटै वर्णमा प्रचलित विवाहको प्रारूप थियो। रामायण र महाभारत कालमा पनि यो प्रथा राजन्य उच्च वर्गमा प्रचलित थियो। तर, यसको स्वरूप केही यस प्रकारले सङ्कुचित भएको थियो। राजन्य अर्थात् राज परिवारसँग आबद्ध कन्या पति चुन्ने काम स्वयंवरमा गर्थिन तर समाजद्वारा मान्यता प्रदान गर्नको निमित्त। कन्यालाई आफ्नो लागि स्वयं पति छान्ने स्वतन्त्रता थिएन।
बुबाको सर्त अनुसार पूर्ण योग्यता प्राप्त व्यक्ति नै चुनिन सकिन्थ्यो। पूर्व मध्यकालमा पनि यही प्रथा प्रचलित रहेको प्रमाणहरू पाइन्छ, जून संयोगिताको स्वयंवरमा स्पष्ट देख्न सकिन्छ। दुई शब्दको जोड हो– स्वयं र वर। यसको आशय हो, वधू स्वयंले आफ्नो वर चुन्ने। प्राचीनकामा भारतमा यही प्रथा थियो। जस अन्तर्गत कन्यालाई यो अधिकार थियो कि उ आफ्नो अनुकूल वरको चयन स्वयं गरुन्।
पार्वतीद्वारा भगवान् शिवको चयन, सीताको स्वयंवर र द्रौपदीको अर्जुनसँग विवाह यसै परम्पराको उदाहरण हो। श्रीराम र श्रीकृष्ण युगमा यसै प्रथाको साथ वरको शौर्य प्रदर्शन पनि जुटेको थियो। रामले जनकको दरबारमा भगवान् शङ्करको धनुष उठाएपछि सीता र अर्जुनले माछाको आँखामा बाणले भेदन गरे पछि द्रौपदी पाएका थिए ।
पछिल्लो समय सहरी क्षेत्रमा हुने विवाहमा केटा वा केटी पक्षको माग अनुसार स्वयंवरको स्वरूप बर मालाको आयोजन हुँदै आएको थियो। सम्पन्न परिवारको केटा केटीको प्रायः होटेल अथवा पार्टी पैलेसमा हुने विवाहमा बर मालाको आयोजन हुन्थ्यो। वरमालाको प्रक्रिया पुरा भएपछि बेहुला बेहुली दुबै पक्षका आफन्तहरूले पालैपालो बर कन्यालाई आशिबाद दिन्थे। बर कन्याको साथ तस्बिर खिचाउँथे र अन्तमा शुभ साइत स्वरूप आफ्नो गच्छे अनुसार बर वधूको हातमा नगद दिएर हिँड्ने गर्दथे।
ग्रामीण भेगका आम मानिस बर माला लाई खर्चिलो विवाह तथा एउटा देखावाको रूपमा हेर्ने गरेका थिए। विगत एक दशक यता बर माला सहर देखि गाउँसम्म एउटा फेसन बनेको छ। होटेल पार्टी प्यालेसमा होस की घरमा विवाह होस बर माला हुनै पर्ने। होटेल पार्टी पैलेसमा बर मालाको लागि छुट्टै व्यवस्था हुन्छ।
घरबाट हुने बिहेमा छुट्टै व्यवस्था नभए पनि जन्ती बस्ने पण्डालमै बर बेहुला बसिरहेका हुन्छन्,। बेहुली आफ्नो साथीहरूको साथमा आउँछिन्, एक अर्कालाई माला लगाएर बर मालाको विधि पुरा गर्दछन्। यहाँ पनि दुवै पक्षका आफन्तहरू पालैपालो बर कन्यालाई आशीर्वाद दिने, तस्बिर खिचाउने र अन्तमा बर कन्याका साथै कन्याको साथीलाई पनि हातमा नगद दिएर हिँड्ने गर्दथे। यस क्रममा खास गरेर बेहुलाका साथीहरू निकै हौसिन्थे, बर कन्याको साथमा विभिन्न पोजमा तस्बिर समेत खिचेर उनीहरू रमाउने गर्दथे। सानो समय भित्र वरमाला एउटा परम्परा नै बनेको थियो।
यसरी हुने बर मालाको विधिमा बढीमा ३० देखि ४५ मिनट लाग्ने गरेको थियो। र सहज रूपमा पूरा हुँदै आएको थियो। बर मालाको यस विधिलाई पनि आम मानिसले सहज रूपमा लिने गरेका थिए। खास गरेर वरमाला शिक्षित तथा सम्पन्न वर्गमा प्रायः देख्न पाइन्थ्यो।
तर विगत केही वर्षदेखि बर मालाको विधि अब परम्परा, देखावा र फेसन नभएर बिना लगानी हजारौँ रुपैयाँ कमाउने एउटा ठगीको जस्तो व्यापार बनेको छ। कतै कतै बेहुला बेहुली दुवै पक्षका केही टाठा बाठा मिलेर आफन्त, साथी, चिनेका राम्रा भद्र मानिसहरूलाई आशीर्वादको नाउँमा जबरजस्ती हजारौँ हजार रुपैयाँ असुली गर्ने माध्यम बनेको छ । नैतिकता नभएका तथा समाजको वास्ता नगरी मात्र नाफाको सोच राख्ने केही दरिद्र मानसिकतामा मानिसहरू बेहुला बेहुली दुवै पक्षका आफन्तहरूको नाम, दुवै जनाको बुबाको साथी, दाजुको साथी, जन्ती गएका भद्र मानिसको नामको पहिलै देखि लिस्ट तयार पारेर राखेका हुन्छन्।
त्यस बेला सुरु हुन्छ नियोजित व्यापार तथा ठगी धन्दा। एक जना टाठाले माइक हातमा लिन्छन् र लिस्ट अनुसार नाम बोलेर वरमालामा सहभागी हुन स्टेजमा बोलाउन सुरु गर्छन्। उद्घोषकले पुरै बढाई चढाई गरेर नाम टोक्दै स्टेजमा बोलाउने गर्दछन्। यसरी पटक पटक नाम तोकेर माइकले बोलाए पछि भद्र मान्छे जान बाध्य हुन्छन् । स्टेजमा गए पछि उनी एक छिन विचार गर्छन्, उनी भन्दा अगाडी गएकाहरूले कति कति रुपैयाँ बेहुला बेहुलीको हातमा दिएका थिए, त्यसै अनुसार आफ्नो सामाजिक प्रतिष्ठा अनुसार न चाहेर पनि दिनुपर्ने बाध्यता हुन्छ।
पैसाकै कारण बर वधूलाई आशीर्वाद दिने यो क्रम घण्टौँ चल्छ। आशीर्वाद दिन आउने मानिसलाई निहुरेर ढोग्दा ढोग्दैसँगै तस्बिर खिचाउँदा खिचाउँदै बेहुला बेहुलीको हालत खराब हुन्छ। त्यसै गरी बस्दा बस्दा बोर हुन्छन् जन्तीहरू । तर योजनामा लागेकाहरू मान्दैनन्, जबसम्म उनको लिस्ट सकिँदैन।
केही महिना अगाडी एक जना साथीलाई भेट्न म एउटा गाउँमा गएको थिए। साथी भेट हुँदा बसेर भलाकुसारी भरेको थियो, साथमा गाउँका एक दुई जना अन्य मानिस पनि बसेका थिए। सोही क्रममा अर्का एक जना गाउँले त्यही आएर बस्यो, उनले पहिलै देखि बसेका एक जना गाउँलेलाई सोधे, ‘दाइ आज त तपाईँको साढु भाइको छोराको बिहे होइन किन जन्ती नजाने हो की क्या हो ?’
यो प्रश्न आए पछि गाउँले एक छिन चिन्तित मुद्रामा भएर जवाफ दिए, ‘भाइ लुगा कपडा धुलाएर पूरै जाने तयारीमा थिएँ। तर अन्तिममा एउटा कुराले मलाई रोकी दियो ,मेरो दुई जना साढुहरू अलि हुनेखाने परिवारका छन्। म मध्यम वर्गीय परिवारको । जन्ती जाँदा बर मालामा कहीँ उनीहरूले दुई हजार दरले बेहुला बेहुलीको हालत पैसा दियो भने आफू जेठो भएको कारण कम्तीमा जनही २५ सय दिनुपर्छ। केही दिन अघि धान खेतमा हाल्न मल खाद र औषधी खरिद गरेको थिए । हात खाली छ, त्यसैले म आफ्नो सट्टा छोरालाई जन्ती पठाएको छु’ उनले भने।
छोरा बेहुला भन्दा सानो छ, उसलाई त्यो समस्या पर्दैन। अर्थात् बर मालाको नाउँमा जबरजस्ती असुलीको कारण एक जना आफन्त बिहेको अवसरमा चाहेर पनि जान पाएनन्। यो त एउटा उदाहरण मात्र हो, नजिकिएर हेर्ने हो भने तराई मदेसमा बर मालाको परम्परा एउटा ठुलो विकृतिको रूप लिएको छ। कैयौँ मानिस यसैको कारण नजिकका मानिसको घर परिवारमा बिहेमा स्वयं नगएर सानो उमेरका छोरालाई पठाएर झारो टारिरहेका छन्।
गलत मानसिकता केही मानिसको कारण वरमालाको परम्परागत चलन बदनाम भइरहेको छ।
तराई मदेसको गाउँ समाजमा हुने गरेको बिहे तथा बर मालाको अवसरमा बर बधूलाई आशीर्वाद दिने उनका आफन्त तथा हितैषी मानिस स्वयं बोलेर उठेर जान्छन् । आफ्नो गच्छे अनुसारको दक्षिणा पनि दिन्छन्। तर जबरजस्ती कसैको इज्जत दाउमा राखेर वरमालाको नाउँमा पैसा असुलेर परम्परालाई नै बदनाम गर्ने काम अविलम्ब बन्द हुनू पर्दछ।