Gyaan Ghar

Advertisement

१० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने सहमति पत्रमा हस्ताक्षर

काठमाडौँ, १९ पुस । नेपालबाट १० वर्षमा भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमति पत्रमा दुवै देशले हस्ताक्षर गरेको छ । काठमाडौँमा बिहीबार नेपाल र भारतबिच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमति पत्रमा हस्ताक्षर भएको हो ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पङ्कज अग्रवालले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

यसअघि १० वर्षमा १० हजार मेगावाट बिजुली भारतमा निर्यात गर्ने सम्बन्धमा दुवै देश सहमत भएका थिए । तर, बिहीबार हस्ताक्षर भएसँगै १० वर्षमा भारतमा १० हजार मेगावाट बिजुली नेपालले निर्यात गर्ने सहमतिमा सार्थकता पाएको छ ।

 

गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा १० वर्षमा भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमति भए पनि सम्झौता पत्रमा भने हस्ताक्षर भएको थिएन ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अ...
प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

काठमाडौँ । विभिन्न वामपन्थी सङ्गठनहरूको साझा सांस्कृतिक मोर्चा, प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत्र २३ र २४ गते काठम...
इजरायलमाथि इरानको मिसाइल आक्रमण

इजरायलमाथि इरानको मिसाइल आक्रमण

काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ । गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्याले...
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भा...