Gyaan Ghar

Home

Advertisement

व्यापारीलाई धम्क्याउँदै पैसा माग्ने श्रीभगवान साह कलवार पक्राउ

सञ्जय मिश्रा 

रौतहट, १९ पुस । रौतहटस्थित व्यापारीलाई पटक पटक फोनमार्फत धम्क्याएर रङ्गदारी ट्याक्स रकम माग गर्ने श्रीभगवान साह कलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको कार्यालयमा बिहीबार अभियुक्त सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले व्यापारी धम्क्याउने अभियोगी फतुवा विजयपुर नगरपालिका–८ का  कलवारलाई पक्राउ गरेको जानकारी दिए ।

 

पक्राउ परेका कलवारमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर कारबाही प्रक्रियाअगाडि बढाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

 

पक्राउ परेका ३४ वर्षीय कलवारले  एनसेलको नम्बर ९८०१५७७५१० बाट व्यापारीको मोबाइल फोनमा गत पुस १० गते देखि १८ गतेसम्म पटक पटक फोन गरेर व्यापारी र उनको छोरा छोरीलाई ज्यान मार्ने धम्की दिएर ५ लाखदेखि ५० लाख रुपैयाँ माग गरेको उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

 

घटनाबारे पीडितले प्रहरीलाई खबर गरेपछि अनुसन्धान गरेर उक्त नम्बरको मोबाइल प्रयोगकर्ता अभियुक्त कलवारलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरस् नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले बताइन् ।

 

पीडित व्यापारीको नाम खुलाउँदा उनको सुरक्षामा असर पर्न सक्ने भएकाले गोप्य राखिएको प्रवक्ता गिरीले बताइन् ।

 

आपराधिक कार्यहरूलाई निस्तेज पार्न नागरिकबाट आएको सूचनालाई गोप्य राख्दै अनुसन्धानबाट कलवारलाई नियन्त्रणमा लिएको उनको भनाइ छ ।

आपराधिक लाभ मुद्दाको कसुर दफा २१ को उपदफा ३५३ अनुसार ७ वर्ष कैद र ७० हजार जरिबानाको प्रावधान रहेको कानुन व्यवसायीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

हिन्दु राष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर काँग्रेस सभापति देउवालाई बुझाइयो

हिन्दु राष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर काँग्रेस सभापति देउवालाई बुझाइयो

काठमाडौँ, १० फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हिन्दु राष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर ब...
संसद्मा प्रधानमन्त्रीलाई फटाहा भनेपछि…

संसद्मा प्रधानमन्त्रीलाई फटाहा भनेपछि…

काठमाडौँ, १० फागुन । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘फटाहा’ भनेपछि सत्तारुढ दलका सांसद...
अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

काठमाडौँ, १० फागुन । पृथ्वीमा अझै पनि केही प्रजातिहरू छन्, जुन वैज्ञानिकहरूको नजरबाट लुकेका छन्।  यसैबिच, अस्ट्रेल...
वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

काठमाडौँ, १० फागुन । नेपालले साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज दोस्रो खेल खेल...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search