health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, १९ पुस । भारतीय विदेश मन्त्री एस जयशंकर आज नेपाल आउँदैछन ।
दुई दिने नेपाल भ्रमणमा आउने विदेश मन्त्री जयशंकर भोली स्वदेश फर्कनेछन् ।
आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण हुने बिदेशमन्त्री जयशंकरको पहिलो भेट बिहान ११ः०० शीतल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने भेटघाट कार्य तालिकामा उल्लेख गरिएको छ ।
राष्ट्रपति पौडेलसँग भेटवार्ता सम्पन्न गरे पछि बिदेशमन्त्री जयशंकरले अपराह्न १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता गर्नेछन् भने १ बजे होटेल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्धिपक्षिय भेटवार्ता गर्नेछन् ।
लगत्तै १ः१५ बजेबाट त्यहाँ दुवै देशका मन्त्रीस्तरिय बैठक सुरु हुनेछ भने १ः४५ बजे विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
सो सम्झौता पछि विदेश मन्त्री जयशंकरमा राजनीतिक नेतासँग भेटवार्ता हुनेछ, जसअनुसार ३ः४५ बजे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता हुनेछ भने ४ः३० बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता हुने जनाइएको छ ।
साँझ ६ः१५ देखी सोल्टी होटेलमा विदेश मन्त्री जयशंकरको सम्मानमा आयोजना रात्रि भोजमा सहभागी हुने जनाइएको छ ।
आज दिनभर औपचारिक कार्यक्रममा व्यस्त रहे पनि भोली भने भारतीय विदेश मन्त्री जयशंकर अनौपचारिक कार्यक्रममा सहभागी हुनेछन्, जसअनुसार भोली बिहान पशुपतिनाथको दर्शन गर्नेछन् भने उनले पुनर्निर्माण भइरहेका भवनहरूको निरीक्षण गरेर १२ बजे अपराह्न स्वदेश फर्कनेछन् ।