Gyaan Ghar

Home

Advertisement

रुविना बनिन् सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ, १८ पुस । बिहीबार सम्पन्न प्रधानमन्त्री कप महिला टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोसी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी बनेकी छन् । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तानसमेत रहेकी रुबिनाले फाइनलमा एपीएफ विरुद्ध ६२ रनको पारी खेले पनि आफ्नो टिमलाई जिताउन भने असफल भएकी थिइन् ।

 

सर्वोत्कृष्ट खेलाडी घोषित भएकी रुबिनाले स्कुटर पुरस्कार प्राप्त गरेकी छन् । रुबिनाले प्रतियोगितामा सर्वाधिक ३४५ रन बनाएकी थिइन् ११ विकेट समेत लिएकी थिइन् ।

 

यसै गरी गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनीलाई उदीयमान खेलाडी घोषणा गरिएको छ र उनलाई ५० हजार बराबरको क्रिकेट सामग्री पुरस्कार दिइएको छ । उनले प्रतियोगितामा ९१ रन बनाएकी थिइन् भने ३ विकेट समेत लिएकी थिइन् ।

 

त्यसै गरी प्रतियोगितामा सर्वाधिक १२ विकेट लिएकी मधेस प्रदेशकी पूजा महतो उत्कृष्ट बलर बनिन् भने २१२ रन बनाएकी गण्डकी प्रदेशकी सुमन खतिवडाले उत्कृष्ट ब्याटरको उपाधि पाएकी छन् । उनीहरू दुवैलाई जनही ५० हजार पुरस्कार दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

सामुदायिक विद्यालयको शिक्षामा फड्को मार्न सक्रिय ‘हेड सर’ मोहन भण्डारी

सामुदायिक विद्यालयको शिक्षामा फड्को मार्न सक्रिय ‘हेड सर’ मोहन भण्डारी

धनगढी । सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दो रहेको जनगुनासो जताततै सुनिन्छ। सामुदायिक विद्यालयका शिक्षक राजनीत...
दक्षिणी इटालीमा दुई जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता

दक्षिणी इटालीमा दुई जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता

काठमाडौँ । दक्षिणी इटालीको तटमा दुई वटा जहाज डुब्दा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन् । जर्मन प...
एनजिओको सहयोग नलिन संसदीय समितिहरूलाई निर्देशन

एनजिओको सहयोग नलिन संसदीय समितिहरूलाई निर्देशन

काठमाडौँ ।  सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्था (एनजिओ) को सहयोग नलिन संसदीय समि...
काठमाडौँ महानगरको ‘मस्यौदा नीति, पृष्ठपोषण कार्यक्रम’ मा सहभागी हुन खुला आव्हान

काठमाडौँ महानगरको ‘मस्यौदा नीति, पृष्ठपोषण कार्यक्रम’ मा सहभागी हुन खुला आव्हान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मस्यौदा गरेको ‘वहुबर्षे शिक्षा नीति’लाई सहभागितामूलक बनाउन असार ७ गते सुझाव सङ्कलन गर्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search