टोकियो, १८ पुस । नयाँ वर्षको दिनमा सी अफ जापानको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको क्षति स्पष्ट हुँदै गएको छ ।
इशिकावा प्रिफेक्चरमा भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।
इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै जना घाइते भएका छन्, घाइतेहरूको सुची सङ्कलन भइरहेको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।
आपतकालिन विभागका अधिकारीहरूले वाजीमा सहरमा घरहरू सहित २५ भवनहरू ध्वस्त भएको बताएका छन्। उनीहरूका अनुसार १४ वटा संरचनामा मानिसहरू फसेको हुनसक्छ । उनीहरूको उद्धारका लागि आपतकालिन विभागले प्रयास गरिरहेको छ ।