Gyaan Ghar

Advertisement

इजरायली हमलामा प्यालेस्टाइनका पूर्व मन्त्री मारिए

गाजा, १६ पुस । इजरायली हमलामा प्यालेस्टाइनका एक पूर्व मन्त्री मारिएका छन् ।

 

प्यालेस्टाइनी अथोरिटीका एक पूर्व मन्त्री आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन ।

 

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टिनी प्राधिकरणका ६८ वर्षीय पूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा भएको आक्रमणमा मारिएका हुन ।

 

प्यालेस्टाइनी न्युज एजेन्सी वाफाका अनुसार प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमुद अब्बासको पार्टी फताहको नजिकका नेता हुन । पूर्व मन्त्री सलमाले फेब्रुअरी २००५ देखि मार्च २००६ सम्म मन्त्रीको रूपमा काम गरेका थिए । उनी जेरुसेलमको पुरानो सहरको अल–अक्सा मस्जिदमा प्रचारकको रूपमा पनि सेवा गरेका व्यक्ति हुन ।

इजरायली सेनाबाट उनको हत्याको बारेमा तत्काल कुनै प्रतिक्रिया नआएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।

 

प्यालेस्टिनी लडाकुहरूले अक्टोबर ७ मा दक्षिणी इजरायलमा अभूतपूर्व आक्रमण गरेपछि इजरायलले गाजा पट्टीमा हमासविरुद्ध अथक सैन्य अभियान सुरु गरिरहेको छ ।

 

इजरायली तथ्याङ्कमा आधारित एक तथ्याङ्क अनुसार विद्रोहीको आक्रमणमा करिब १, १४० इजरायलीको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण नागरिक थिए।

 

इजरायलको जारी गाजा आक्रमणमा हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार २१,८०० भन्दा बढी मानिस मारिएका छन्, जसमा अधिकांश महिला र बालबालिका छन्।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...