health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

गाजा, १६ पुस । इजरायली हमलामा प्यालेस्टाइनका एक पूर्व मन्त्री मारिएका छन् ।
प्यालेस्टाइनी अथोरिटीका एक पूर्व मन्त्री आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन ।
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टिनी प्राधिकरणका ६८ वर्षीय पूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा भएको आक्रमणमा मारिएका हुन ।
प्यालेस्टाइनी न्युज एजेन्सी वाफाका अनुसार प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमुद अब्बासको पार्टी फताहको नजिकका नेता हुन । पूर्व मन्त्री सलमाले फेब्रुअरी २००५ देखि मार्च २००६ सम्म मन्त्रीको रूपमा काम गरेका थिए । उनी जेरुसेलमको पुरानो सहरको अल–अक्सा मस्जिदमा प्रचारकको रूपमा पनि सेवा गरेका व्यक्ति हुन ।
इजरायली सेनाबाट उनको हत्याको बारेमा तत्काल कुनै प्रतिक्रिया नआएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।
प्यालेस्टिनी लडाकुहरूले अक्टोबर ७ मा दक्षिणी इजरायलमा अभूतपूर्व आक्रमण गरेपछि इजरायलले गाजा पट्टीमा हमासविरुद्ध अथक सैन्य अभियान सुरु गरिरहेको छ ।
इजरायली तथ्याङ्कमा आधारित एक तथ्याङ्क अनुसार विद्रोहीको आक्रमणमा करिब १, १४० इजरायलीको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण नागरिक थिए।
इजरायलको जारी गाजा आक्रमणमा हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार २१,८०० भन्दा बढी मानिस मारिएका छन्, जसमा अधिकांश महिला र बालबालिका छन्।