health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, १३ पुस । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट टिमको प्लेअफमा पुग्ने चार टिमको टुङ्गो लागेको छ ।
जारी प्रतियोगितामा लगातार ६ खेलमा जित हासिल गर्दै विभागीय टिम एपीएफ १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
त्यस्तै कोसी प्रदेशले ६ मध्ये ५ खेलमा जित र एक हारसहित १० अङ्क हासिल गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
त्यसै गरी सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशले ६ खेलमा ४ जित र २ हार सहित ८-८ अङ्क हासिल गर्दै तेस्रो र चौथो स्थानमा रहेर प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
प्लेअफमा पुग्ने चार टिमको टुङ्गो लागे पनि क्वालिफायर र इलिमिनेटर खेल्ने टिमको टुङ्गो भने अन्तिम लिग खेलपछि लाग्ने छ ।
लुम्बिनी प्रदेश र मधेस प्रदेशले ६ खेलमा २-२ खेल जितेर ४-४ अङ्कसहित पाँचौँ र छैटौँ स्थानमा रहँदै प्लेअफमा पुग्न असफल भएका छन् । त्यस्तै गण्डकीले एक खेल मात्र जितेर २ अङ्क हासिल गर्दै सातौँ स्थानमा छ भने कर्णाली प्रदेशले खेलेका ६ वटै खेलमा हार बेहोरेर बाहिरिएको छ ।
अन्तिम लिग खेल शनिवार हुने छ । अन्तिम लिग खेलमा एपीएफले बागमती प्रदेशको सामना गर्ने छ भने गण्डकी प्रदेशले सुदूरपश्चिमको सामना गर्ने छ । त्यस्तै मधेस प्रदेशले कर्णाली प्रदेशको सामना गर्ने छ भने लुम्बिनीले कोसी प्रदेशको सामना गर्ने छ ।