Gyaan Ghar

Home

Advertisement

बालकुमारी घटनाको छानबिन गर्न काँग्रेसको माग

काठमाडौँ, १३ पुस ।  बालकुमारी हिंसामा २ जनाको मृत्यु पछि सत्तारूढ नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ।

सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा सो घटनाका बारेमा छलफलसमेत गरेको काँग्रेसले सो घटनालाई गम्भिरतापुर्वक लिएको जनाएकोसमेत छ। सो घटनाको छानबिन गर्नु पर्ने काँग्रेसको माग रहेको छ।

 

`कोरियाली भाषा परीक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारी स्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात् प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली काँग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ,` काँग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, `नेपाली काँग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ । ´

घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली काँग्रेसले माग गरेको छ।

साथै, हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन हार्दिक अपिल समेत गरेको  प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जनाएका छन् ।

 

कोरिया पीडित युवाहरूले गरेको प्रदर्शनको क्रममा भौतिक योजना मन्त्री प्रकाश ज्वालाको गाडी जलाए पछि बालकुमारी, ललितपुरमा प्रदर्शन भड्किएको थियो।

 

स्थिति नियन्त्रण लिनका लागि प्रहरीले चलाएको गोली लागि २ जनाको मृत्यु तथा दर्जनौँ घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु

काठमाडौँ । दक्षिण कोरियाको एक कारखानामा धेरै लिथियम ब्याट्री विस्फोट हुँदा आगलागी भएको छ । यस घटनामा १६ जनाको मृत्यु भएको...
सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणीन्द्रको प्रदेश सांसद पद 

सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणीन्द्रको प्रदेश सांसद पद 

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई तत्काल कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । सर...
साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको सङ्ख्या १३ सय नाघ्यो

साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको सङ्ख्या १३ सय नाघ्यो

काठमाडौँ । साउदी अरेबियाको प्रशासनले हज यात्रामा मारिएका व्यक्तिको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छ । साउदी प्रशासनका ...
अन्पाको कविता वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न

अन्पाको कविता वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ, असार ९ । विचार र सिर्जनाको संयोजन गर्दै कविताहरूमा अझ निखारता ल्याउने उद्देश्यका साथ अखिल नेपाल प्रगतिशील लेखक ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search