Gyaan Ghar

Advertisement

राष्ट्र बैङ्कअगाडि लुम्बिनी प्रदेशका लघुवित्तिय संस्था विरुद्धको प्रदर्शन

भैरहवा, ९ पुस । लघु वित्तीय संस्थाले ज्यादती गरेको भन्दै रुपन्देहीको भैरहवामा लघुवित्त पीडितहरूले प्रदर्शन गरेका छन् । लघु वित्तीय संस्थाविरुद्धको सङ्घर्ष समिति नेपालले प्रदर्शन गरेको हो । उनीहरूले लघु वित्तीय संस्था खारेज गर, लघु वित्तीय संस्थाहरू द्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर, गरिब किसानहरूलाई नि शुल्क ऋण प्रदान गर, ऋणी मार्न पाइँदैन लगायतका नारा सहित प्रदर्शन गर्दै नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगर अगाडि सभा गरेका छन्  ।

भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको लुम्बिनी प्रदेश सम्मेलन तथा विरोध प्रदर्शन राष्ट्र बैङ्क गाडी कोणसभामा परिणत भएको थियो । सो अवसरमा बोल्दै सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मनीराम ज्ञवाली, लुम्बिनी प्रदेश अध्यक्ष बद्री देवान, गगन विश्वकर्मा, शिखा रेग्मी, अब्दुल शाह, कोसी इन्चार्ज,रमेश सुनार, प्रदेश इन्चार्ज रोमन थापा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अध्यक्ष लगायतले लघुवित्तको कारणले परिवार उजाडिन पुगेको, शोषणमा परि आत्महत्या तथा ज्यान गुमाएको, ऋण तिर्दा समेत बैङ्कहरूले कालोसूचीमा राखेको बताए ।

लघु वित्तीय संस्थाहरूले राष्ट्र बैङ्कको नियम नमानेर ऋण प्रवाह गरेर सास्ती दिएको, ऋणीको क्षमता नबुझी कर्जा प्रवाह गरेर अहिले दुःख दिइरहेको र ऋणीलाई बिचल्ली समेत बनाएको पीडितहरूले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...